प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने निश्चित भएको छ ।
उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने निश्चित भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् ।
२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए । प्रदेशको स्थायी राजधानी टुङ्गो लागेको छ । तर नाम तोक्न अँझै बाकीँ छ ।
विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रीतिभोज कार्यक्रम हुने पारिवारिक श्रोतले जनाएको छ ।















Discussion about this post