मोरङको मिक्लाजुङ गाउँपालिका भरि खोला ठेक्का लिएको बीएनडी कन्ट्रक्सनको स्कारपीओ गाडी स्थानीय युवाको समूहले तोडफोड गरेका छन् ।
खोला ठेक्का लिदा ठेक्दारले ‘दादा भत्ता’ नदिएको आरोपमा कन्ट्रक्सनको गाडी शुक्रबार राती तोडफोड गरेका हुन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठल गायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपिओ गाडी तोडफोड गरेको किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेले जानकारी दिए ।
श्रेष्ठ र मगरको समूहले बीएनडी कन्ट्रक्सनका संचालक भुपाल श्रेष्ठसँग खोला ठेक्का पाएपछि पैसाँ माग्दै आएका थिए । उक्त कम्पनीले मिक्लाजुङको गाउँपालिकाको बोक्रा, मिक्लु, सोल्टी, तेली लगायतका आधा दर्जन बढी खोलाहरू करिब साढे ९ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।











Discussion about this post