इटहरी : वैदेशिक रोजगारीको शिलशिलामा देश छाडेर गएकाहरुको थुप्रै सपना हुन्छन् । कमाएको केही पैसा बचत गरेर सुन्दर भबिष्यको कल्पना गरेकाहरु बाकसमा फर्कदाँ कस्को मन नरोला ! यस्तै रोइरहेका अनुहारको भीड थियो शनिबार राजधानीमा ।
मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव काठमाडौं आइपुगेको दृश्य हो यो । एक जनाको अस्तुसहित १९ जनाको शव शनिबार काठमाडौँ आइपुगेको हो ।
इटहरीका मोहम्मद मिस्तार, बाँकेका तीर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, मोरङका रामकुमार मुदियारको शव आएको हो ।
परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।
उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो । जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ ।
Discussion about this post