पथरी शनिश्चरे ४ मा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका बस्ने १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने एक जना भोजपुर साल्पासिलोछो २ का १९ बर्षीय निराज राई रहेका छन् ।
घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट गएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरुलाई चेकजाँच गर्ने क्रममा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride ९० ट्याब्लेट, spaspain ५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेका उनिहरु विरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको बढाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।












Discussion about this post