इटहरी : राष्ट्रिय युवासंघ सुनसरी जिल्लाका ६ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । माधव-प्रचण्ड समूहको राष्ट्रिय युवासंघ इटहरीबाट प्रतिनिधित्व गर्ने ६ जना सुनसरी जिल्ला कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा अबिनाश लिम्बू, नवीन तामाङ्ग, साजन राई, सरोज कुमार गिरी, नवीन चौधरी र मनकुमार राई रहेका छन् ।
पार्टीमा आज सम्म गरेको कामको मूल्यांकन हुन नसकेको पार्टी भित्र ब्यक्तिको हावी भएको पार्टीका नीति सिद्दान्त भन्दा ब्यक्तिवाद लागू गर्न खोजिएकोले आफूहरुले राजीनामा दिएको नवीन तामाङ्गले बताए ।
Discussion about this post