देशको धेरै ठाउमा चिसो बढेको छ । तराईमा पनि केही दिन यता अत्यधिक बढेको चिसो र शितलहरका कारण कठ्यांग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।
उर्लावारी नगरपालिका वडा नम्वर ३ नयाँ बजारमा मंगलवार विहान उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
स्थायी ठेगाना सुनसरी बराहक्षेत्र नगरपालिका राजावास ८ भएका नेप्टे शेर्पा भन्ने अन्दाजी ५५ वर्षका व्याक्तिको चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले जानकारी दिएका छन् ।
पोख्रेलका अनुसार मृतकको परिवार सग सम्पर्क भएको बताएका छन् ।मृतक लामो सयम देखी सो क्षेत्रका सार्वजनिक पार्टीपौवालाई आफ्नो वासस्थान बनाउदै आएका थिए ।











Discussion about this post