नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै रावलले आफ्नो सम्पर्कमा उनी एक महिनादेखि नरहेको दाबी गरेका छन् ।
ती सुरक्षाकर्मी भक्तपुरको दुवाकोट आसपास बसोबास गर्दै आएको र स्थानीय समुदायमा कोरोना सरेको हुन सक्ने भन्दै रावलले यहाँका सबै मानिसहरुलाई परीक्षण गर्नुपर्ने बताए ।
रावलका सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलको दाबी छ ।
Discussion about this post