इटहरीमा फेरि हात्ती पसेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको भेटघाट चौक, आर्मी क्याम्प हुँदै अहिले हलगडा वरिपरि हात्ती घुमेकाले सचेत रहन अपिल गरिएको छ ।
हात्ती घर वरिपरि आएमा उज्यालो नबाल्ने, हात्तीलाई नजिस्काउने, नजिक नजाने र सकेसम्म आगो वा मुस्लो बाल्नका लागि प्रहरीको अपिल छ ।
अहिले हावाहुरीसँगै चट्याङ पनि परिरहेकाले हात्तीले बारीमा पसेर अन्नबाली खाने भएकाले सचेत रहन प्रहरीले अपिल गरेको छ ।
केही दिनयता इटहरीमा एक जोडी हात्तीले दु:ख दिइरहेको स्थानीयले बताएका छन् ।
विशेषगरि इटहरी २, ३, ४ र ५ नम्बर वडा आसपासमा हात्ती घुम्ने गरेको छ ।
Discussion about this post