आजदेखि इटहरीका उद्योग व्यवसायीले बजार खोल्ने निर्णय गरेका छन् ।
बुधबार इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी र स्थानीय प्रशासन बीचको बैठकले जेठ २१ गते देखि बजार खोल्ने निर्णय गरेको हो ।
बैठकले सबै प्रकारका शैक्षिक संस्था, होटल, मठन्दिर, मस्जिद, गुम्बा, शैलुन, ब्युटीपार्लर, जिम खाना, सिनेमा हल, पार्टी प्यालेस, सबै प्रकारका खेलकुद स्थल लगायत सामुहिक जमघट हुने स्थानहरु, सार्बजनिक सवारीसाधनहरु बाहेक अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु सामाजिक दुरि कायम गर्दै खाल्ने निर्णय गरेको उद्योग बाण्ज्यि संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार विहान ७ बजेदेखि १० बजेसम्म पसल खोल्न पाइनेछ ।
Discussion about this post