सुनसरीमा थप एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकी स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन्। संक्रमित ब्यक्ति बराहक्षेत्र ८ का ३० बर्षीय पुरुष हुन् ।
Discussion about this post