पछिल्लो समय कोरोना संक्रमित थपिदैँ गएका छन् ।
दैनिक सयौँको संख्यामा कोरोना संक्रमित थपिदैँ गईरहेका छन् ।
यसैबीच सुनसरीमा पनि कोरोना संक्रमित बढ्दै गईरहेका छन् ।
सुनसरीको इटहरी, धरान, बराहक्षेत्र लगायतका ठाउँमा पनि कोरोना संक्रमित भेटिसकेका छन् ।
पछिल्लो समय सुनसरीको पश्चिमी भेगमा कोरोना संक्रमित थपिदैँ गएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या ६४ पुगेको छ ।
जसमध्ये अहिले २७ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
सुनसरीमा दिनानुदिन संक्रमित थपिदैँ गएकाले उच्च जोखिम बढ्दै गएको छ ।
सरकारले यसअघि नै जिल्लालाई रेड जोनमा राखिसकेको थियो । अहिले संक्रमितको संख्या बढ्दै गएकाले झन् कोरोना फैलिने त्रास पनि उत्तिकै छ ।
प्रशासनले लकडाउन खुकुलो बनाएसँगै संक्रमित दिनानुदिन थपिदैँ गएकाले लकडाउनलाई नयाँ मोडलबाट अगाडि बढाउनुपर्ने बिज्ञहरु बताउँछन् ।
















Discussion about this post