सुनसरीको धरान उप–महानगरपालिका २० बिष्णुपादुकाबाट लागूऔषध तथा जंगली जनावरको अंग सहित तीन जना मानिस पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिष्णुपादुकाबाट धरानतर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिङ जस्तो देखिने स–साना सिङ ४ थान र कस्तुरी मृगको सिङ जस्तो देखिने छाला सहितको सिंग २ थान बरामद गरेको हो ।
टेम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका १ घर भई धरान ११, बस्ने २९ बर्षीय नन्दीमान राई, सोही टेम्पोमा सवार सहिदभुमी गाँउपालिका १ घर भई धरान ११, बस्ने १९ बर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका २ ताप्ली घर भई धरान ११ बस्ने २० बर्षीय सागर राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनाएको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
















Discussion about this post