इटहरी २० तरहराकी कोरोना संक्रमित २० बर्षीया युवतीलाई बुधबार कोरोना पोजेटिभ देखिएपछि उनको परिवारका ५ जना सदस्यहरुलाई इटहरीको क्वारेन्टिनमा राखिएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार बुधबार नै उपमहानगरपालिका परिसरमा बैठक समेत बसिएको छ ।
अहिले परिवारका सदस्यहरुलाई हामीले क्वारेन्टिनमा राखिसकेका छौँ, श्रेष्ठले टाकुरान्यूजसँग भने, ती युवतीको सम्पर्कमा आएका अन्य मानिसहरुको पनि पहिचान गरी उनीहरुलाई पनि हामी क्वारेन्टिनमा राख्ने तयारी गरिरहेका छौँ ।
उनका अनुसार तरहरामा भने सिल नगरिने र संक्रमित देखिएको क्षेत्रभरीका स्थानीय मानिसहरुलाई भने घरबाहिर ननिस्कनका लागि अपिल गरिएको छ ।
ती युवतीको सम्पर्कमा आएका सबैलाई प्रशासनको निगरानीमा आउँनका लागि आग्रह गरिएको छ ।
उक्त क्षेत्रका वरिपरीका ठाउँका मानिसहरुलाई सचेत रहन अपिल गर्दछौँ, श्रेष्ठले भने, ती युवतीलाई आइसोलेसनमा राखिएर उपचार सुरु गरिसकिएको छ । उनले कसैलाई पनि त्रासमा नरहनका लागि आग्रह गरे ।
उनी केही साता अगाडिमात्र भारतबाट आएकी थिईन् ।
















Discussion about this post