इटहरीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इटहरी सहित सुनसरीमा सोमबार ५ जना कोरोना संक्रमित थपिएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा जिल्लामा थप ५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
इटहरी क्वारेन्टिनमा रहेका २ जना र रामधुनी क्वारेन्टिनमा रहेको २ जना र धरानमा एक जनामा कोरोना देखिएको हो । संक्रमित मध्ये ३ जना महिला रहेका छन् ।
















Discussion about this post