सुनसरीको धरानमा १ पुरुष सहित प्रदेश १ मा आज ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा १ र मोरङमा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा ३ पुरुष, १ महिलामा संक्रमण देखिएको छ भने मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।
















Discussion about this post