प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
ती मध्ये मोरङमा सबैभन्दा धेरै ४८ जना छन् भने सुनसरीमा १० जना छन् । यस्तै, ३ जना प्रदेश १ बाहिरका जिल्लाका पनि रहेका छन् ।
मोरङको विराटनगरका २६ पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, बुढीगंगाका १२ जना पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सुनसरीको धरानका २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ भने दुहबीका ३ पुरुष र १ महिलामा, इनरुवाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, महोत्तरीका १ महिला, १ पुरुष र सप्तरीका १ पुरुषमा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ ।
















Discussion about this post