धरानमा आज बिहानै थप ९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
आज थपिएका कोरोना सङ्क्रमितहरूमा धरान १० का २ जना महिला १६ र २० वर्षीय युवती, धरान ६ का २७ वर्षका २ जना पुरुष, १३ नम्बर वडाका ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान १५ का २९ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र धरान १९ मा ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए।
यो सँगै धरानमा संङ्क्रमितको कुल सङ्ख्या ५५ पुगेको छ ।
















Discussion about this post