टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १७, २०७६
0
धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई
325
SHARES
Share on FacebookShare on Twitter

धरान : २२ औँ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि एनओसी मनाङ मस्र्याङ्दी क्लबले चुमेको छ ।
शनिबार धरान रंगशालामा सम्पन्न भएको बुढासुब्बा गोल्डकपको उपाधिका लागि मनाङ र विभागीय टिम नेपाल पुलिस बीच भिडन्त भएको थियो । मनाङले ३ गोल गर्दा पुलिसले बदलामा १ गोल मात्रै फर्काएसँगै मनाङले उपाधि चुमेको हो । मनाङका दयानन्द सिंह, निशान लिम्बु र बिमल रानाले गोल गर्दा पुलिसका भोला सिलवालले पेनाल्टी मार्फत गोल गरे ।
खेल सुरु भएको १० औँ मिनेटमा नै मनाङका दयानन्द सिंहले पुलिसका गोल किप्पर सञ्जित श्रेष्ठको मिस्टेकले गर्दा गोल गरेका थिए । त्यस्तै ४९ औँ मिनेटमा बिमल रानाको पासमा निशान लिम्बुले उत्कृष्ट गोल गरे भने खेलको इन्जुरी समयमा बिमलले अर्को गोल गर्दै मनाङलाई उपाधि दिलाए । उता पुलिसका भोला सिलवालले खेलको ६७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । पहिलो हाफपछि आक्रमक बनेको पुलिसले पटक–पटक गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेन । खेलको २२ औँ मिनेटमा पुलिसका साजन राईको उत्कृष्ट प्रहार गोलमा रुपान्तरण हुन सकेन । त्यस्तै, खेलको २७ औँ मिनेटमा भोला सिलवालको प्रहार गोल हुन सकेन । उता, मनाङले खेलमा धेरै पटक मौका गुमाएको भएपनि अन्य थप गोल गर्न सकेन । खेलको ४ औँ मिनेटमा अन्जन बिष्टको प्रहार गोलमा रुपान्तरण हुन सकेन । ३८ मिनेटमा बिमल रानाको उत्कृष्ट प्रहार गोल भएन । त्यस्तै, ७८ औँ मिनेटमा कमल श्रेष्ठले कर्नरमार्फत उत्कृष्ट प्रहार गरेको भएपनि गोलमा रुपान्तरण हुन सकेन ।
खेलको म्यान अफ दि म्याच मनाङका अन्जन बिष्ट घोषित हुँदै नगद १५ हजार हात पारे भने बेष्ट गोल अफ दि डे मनाङका बिमल राना घोषित भए । उनले नगद पाँच हजार हात पारे ।
खेलको बिजेता टिम मनाङले नगद १० लाख सहित ट्रफि हात पारेको छ भने उपविजेता पुलिस क्लबले ५ लाखमा चित्त बुझाएको छ । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरेका थिए ।
खेलमा मनाङका कोच फुजा टोपे बेष्ट कोच घोषित भए । त्यस्तै, सर्वा्धिक गोलकर्ता मनाङका दयानन्द सिंह घोषित हुँदै नगद ३५ हजार हात पारे । त्यस्तै, मनाङका सुरज विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर हात पारे । बेष्ट गोल किप्पर मनाङका अशोक बराल घोषित हुँदै नगद २५ हजार हात पारे । बेष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी घोषित हुँदै नगद २५ हजार हात पारेका थिए । त्यस्तै, बेष्ट मिट फ्रिल्डर मनाङका पुजन उपरकोटी घोषित हुँदै नगद २५ हजार हात पारे । त्यस्तै, पुलिसका जुमानु राई बेष्ट फरवार्ड घोषित हुँदै नगद २५ हजार हात पारे ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बुढासुब्बा गोल्डकप २२ औँ संस्करण सम्म ल्याइपुर्याउनका लागि चुनौती रहेको भएपनि आँफूहरुले निरन्तर खटेको बताउँदै आगामी दिनमा यसलाई अझ भव्य बनाउँने प्रतिक्रिया दिए ।

Related Posts

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै
विविध

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ६, २०८२
0

इटहरी : बजाज अटोसिटी इटहरीको आयोजनामा असार ८ देखि १३ गतेसम्म बजाज ग्रान्ड एक्सचेन्ज मेला आयोजना हुने भएको छ। मेलामा...

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२
गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

गाँजा, फरार र हत्या अनुसन्धानमा सफल बनेका सई खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रकाशित मिति : असार ६, २०८२
बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

प्रकाशित मिति : असार ६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ

प्रकाशित मिति : असार ६, २०८२
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

प्रकाशित मिति : असार ६, २०८२
“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

प्रकाशित मिति : असार ६, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना, झापामा एकको ज्यान गयो

प्रकाशित मिति : असार ६, २०८२

लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3899 shares
    Share 1560 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    748 shares
    Share 299 Tweet 187
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana