Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०७६
in टाकुरा विशेष, समाचार
0
नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’
494
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको एक विद्यालयमा नक्सा पास नै नगरी भवन निर्माण सुरु गरिएको छ ।
इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ ।
बिद्यालयले केही समययता मात्र निर्माण कार्य सुरू गरेको शौचालय सहितको प्राविधिक कक्षा निर्माण भनिएपनि व्यापारिक प्रयोजनको भवन नक्सा पास नगरी निर्माण सुरु गरिएको पाईएको हो । भवन निर्माण आचारसंहिता उल्लंघन गरी भवन निर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भैरव सापकोटाले अहिलेसम्म कुनै पनि सामुदायिक विद्यालयका भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले टाकुरासँग भने, ‘प्राविधिक धारको कोठाका लागि बन्दै आएको भवन हो यो, अहिलेसम्म कुनै पनि सरकारी स्कुलका भवन नक्सा पास छैनन् ।’ उनले नक्सा पास गर्न नपर्ने भन्दै पन्छिए । कति क्षेत्रफलमा बन्दैछ भन्ने प्रश्नमा सापकोटाले बेवास्ता गर्दै भने, ‘खोई ठ्याक्कै क्षेत्रफल त हेरेको छैन, ८–१० धुरमा होला ।

’ व्यापारिक प्रयोजनमा पनि छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘पछि भाडामा लगाउँनेगरी पनि भन्ने कुरा चैँ छ, नक्सा पासको सन्र्दभमा भने प्राइभेट स्कुललाई मात्रै हो, यो सामुदायिकमा पर्दैन ।’ उनले सामुदायिक विद्यालयमा नक्सा पास गर्न नपर्ने भन्दै बेवास्ता गरे ।
स्थानीयका अनुसार भने सूचना टाँस, टेन्डर आह्वान बिना नै ठेक्का लगाएर काम धमाधम निर्माणाधिन अवस्थामा रहेको छ । अहिले उक्त बिद्यालयले ४ वटा सटर निर्माण गरी २ वटामा भाडा लगाइसकेको छ । तर, विद्यालय प्रशासनले भने व्यापारिक प्रयोजनका लागि सोचेको तर भाडामा नलगाएको जनाएको छ ।
यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनुलाल चौधरीले ज्योती माविको कुनै पनि भवन नक्सा पास नभएको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘हाम्रो विद्यालयको कुनै पनि भवनको नक्सा पास भएको छैन र हुँदैन पनि ।’ उनले नक्सा पास गर्नका लागि कानुनी रुपमा धनीपुर्जा हुनुपर्ने र आँफूहरुसँग विद्यालयको जग्गाको धनीपुर्जा नरहेको उनले बताए ।
उता, इटहरी ५ का वडाध्यक्ष कल्याण बहादुर कार्कीले भने ऐलानी जग्गामा भवन बनेका कारण नक्सा पास नभएको बताए ।

उनले भने, ‘५ नम्बर वडाको बारेमा सबै मलाई थाहा हुन्छ, कसले के गर्छ ?’ उनले ज्योती माविको बारेमा प्रश्न गर्दा सबै कुरा आँफूलाई थाहा नहुने भन्दै पन्छिए । ‘मलाई अहिलेसम्म ऐलानी जग्गाको बारेमा नक्सा पास भएको थाहा छैन ।’ उनले उक्त विद्यालय भएको ठाउँमा एक कठ्ठा जग्गा नम्बरी रहेको र अरु बाँकी पैनीको जग्गा भएको प्रतिक्रिया दिए ।

‘वडामा हामीलाई सोधेर सबै काम हुन्छ भन्ने छैन,’ उनले गैरजिम्मेवारी रुपमा भने, ‘मलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि छैन, इटहरी ५ मा के–के कहाँ छन् मलाई थाहा हुन्छ ?’ उनले गैरजिम्मेवार तरिकाले जवाफ दिदैँ आँफूलाई सबै कुरा थाहा नहुने बताए । इटहरी ५ मा करीब ४ देखि ५ सय बढी घर ऐलानी जग्गामा निर्माण भएको उनको भनाई रहेको थियो ।
यता, इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले भने नीति नियम अनुसार अनिवार्य रुपमा नक्सा पास हुनुपर्ने बताए । उनले टाकुरासँग भने, ‘नियम अनुसार अनिवार्य रुपमा जुनै संरचनाको पनि नक्सा पास हुनपर्छ, नक्सा पास छैन भने हामी त्यसको प्रक्रियामा जान्छौँ ।’

उनले नियम अनुसार ऐलानी जग्गामा कुनै पनि संरचना बनाउँन नपाईने बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 
विविध

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक...

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३

सङ्खुवासभा : भोटखोलाका एक हजार बढी नागरिकले लिए सीमा पास

बैशाख ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद

बैशाख ११, २०८३
इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

इटहरीमा ई–रिक्सा चालकहरूलाई ट्राफिक सचेतना 

बैशाख ११, २०८३
सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

सुनसरीमा भन्सार छलीको सामानसहित मोटरसाइकल बरामद, तस्कर फरार

बैशाख ११, २०८३
विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

विराटनगरमा फुटपाथ खाली गराउन महानगरको कडाइ, साना व्यावसायी विस्थापनको जोखिम

बैशाख ११, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1383 shares
    Share 553 Tweet 346
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    592 shares
    Share 237 Tweet 148
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.