Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

फलोअप : अनियमितताको समाचार प्रकाशित पछि कामधेनुमा तरङ्ग

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २५, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
फलोअप : अनियमितताको समाचार प्रकाशित पछि कामधेनुमा तरङ्ग

इटहरी १ आँपगाछीमा निर्माणाधिन अवस्थामा रहेको कामधेनु डेरीको भवन । तस्विर : टाकुरा ।

398
SHARES
Share on FacebookShare on Twitter

तरहरा : कामधेनु दुग्ध डेरीको समाचार टाकुरान्यूजमा प्रकाशित भएपछि संस्था बृत्तमा हलचल मच्चिएको छ । कामधेनुको निर्माणाधिन भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा पर्ने मूल्य भन्दा २० प्रतिसत थप गरी दिल्लीको प्रोजेक्ट इञ्जिनियरिङ्लाई टेण्डर हाल्न लगाई संस्थाको रकम अनियमितताा गर्न खोजेको अडियो रेकर्ड बाहिर आएको थियो । गत शुक्रबार समाचार बाहिरिएपछि सञ्चालक समितिमा खैलाबैला भएको हो ।
संस्थाका अध्यक्ष बाबुराम खत्रीले समाचारमाथि टिप्पणी गर्दै आफूहरुले अनियमितता गर्नेहरूमाथि संंस्थाभित्रै कारबाही गरेको र यसलाई बाहिर लैजान आवश्यक नरहेको बताए । उनले भने, ‘अहिलेसम्म तलमाथि केहीपनि भएको छैन, हाम्रो साथीहरुले केही कमी कमजोरी त्रुटि गरेछन्, हामीले कारबाही पनि गरेका छौँ ।’ उनले संस्थाका व्यवस्थापक कृष्णप्रसाद घिमिरे र निर्माण उपसमितिका सदस्य टीकादत्त बनको मिलेमतोमा गलत नियत हुन खोजिएको भएपनि आँफूहरुले त्यसलाई संस्थागत कारबाही गरेको प्रतिक्रिया दिए । उनले भने, ‘सहकारी अलिक छुट्टै पाटो हो, यो राजनीति जस्तो हैन केही कुरा बाहिर नलैजान नै राम्रो हुन्छ ।’ संस्थामा गलत कारबाही भएको भए आँफूले जहाँ पनि बोल्न सक्ने र बाहिर ल्याउँन तयार रहेको उनको भनाई रहेको थियो ।
‘गलत आशय भने भएकै हो, तर एक रुपैँया पनि तलमाथि भएको भने छैन,’ खत्रीले भने, ‘यो घटनापछि सबैकुरा उहाँहरुको बुझियो, इण्डियाको पार्टीसँग पनि बुझेका हौँ, र भित्रै सेटल गरिसकेका छौँ ।’ उनले संस्थागत अहितका लागि कुनै काम भएमा आँफूहरुले कारबाही गर्ने र असुल उपर गर्ने दाबी गरे । नेपाल सरकारसँग चार करोड रुपैँया सम्झौता भएको र अहिलेसम्म पैसा नआएको बताउँदै उनले पैसा आउँने क्रममा रहेको बताए । ‘त्यो पैसा रोकियो भने किसानको पैसा रोकिन्छ,’ उनले भने, ‘किसान लाठोमुङ्रो लिएर उत्रिन्छन्, ६ वटा जिल्लाका किसानका संस्था हो यो ।’
संस्थाका तत्कालिन व्यवस्थापक कृष्णप्रसाद घिमिरेले आफ्नो कुनै गलत नियत नरहेको दाबी गरे । उनले भने, ‘यो संस्थामा २० औँ बर्ष भयो काम गरेको, अहिलेसम्म मेरो अलिकति पनि दाग छैन ।’ उनले आँफूले गलत काम नगरेको औल्याउँदै संस्थाको हितका लागि मेसिन खरिदमा मूल्य बढाउँने सल्लाह भएको बताए । भारतीय एजेन्ट जेम्स कुत्तीले गरेको काम क्रियाकलाप कुनै पनि चित्त नबुझेका कारणले गर्दा मूल्य बढाउँदा मेसिन खरिद नहुँने बताउँदै उनले संस्थाका हितका निम्ति टीकादत्त बनसँगको सल्लाहमा उक्त निर्णय गरेको बताए ।
उता, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्ण अधिकारीले संस्थामा अनियमितता हुन खोजेको बताए । उनले सहकारी कसैको व्यक्तिगत नभई सेयर सदस्य र कृषकबाट चलेको बताउँदै यहाँ भने व्यक्तिगत जस्तो गर्न खोजेको आरोप लगाए । उनले भने, ‘सहकारी भनेको कुनै कम्पनी जस्तो हैन, सहकारीमा सबैको सल्लाह हुुनुपर्ने हो, तर ब्यक्तिगत ब्यबसाय चलाए जस्तो गरिनाले समस्या खडा हुने गरेको छ ।’
यसअघि कामधेनु डेरीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको भन्दै भवन निर्माण समिति भंग गरिसकेको जनाएको छ । संस्थाले सुनसरी, मोरङ, झापा, ईलाम, धनकुटा र तेह्रथुमलाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । संस्थामा गत आषाढ मसान्तसम्म ७१ जना कर्मचारी रहेका छन् भने ५७ वटा साझेदारी संस्था तथा ३६१ जना सेयर सदस्य रहेका छन् । यति ठूलो क्षेत्र र यति धेरैै किसान आबद्ध यो संस्थामा सयौं स्थानीयले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाएका छन् । यस्तो संस्थाले ग्लोबल टेण्डर गरेको अबस्थामा बीस प्रतिशत मूल्य बढाउन लगाउने काम कुनैपनि दृष्टिकोणबाट सही देििखँदन र कसैले मूल्य बढाएर हाल भन्ने बित्तिकै मूल्य बढाएर टेण्डर हाल्ने प्रोजेक्ट इञ्जिनियरिङ् ग्लोबल टेण्डरमा भाग लिने हैसियतको कम्पनी हैन भन्ने देखिन्छ ।
किसानको बृहत्तर हीतमा काम गर्ने कामधेनु नेपालकै अग्रणि संस्था हो । तसर्थ, यो संस्था निर्मल र स्वच्छ भएर अगाडि बढोस् भन्नाका खातिर संस्थाका राम्रा काम र कमजोरीहरू पाठक समक्ष प्रस्तुत हुँदै जानेछन् ।

यो पनि

https://takuranews.com/2020/04/03/%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%a8%e0%a5%81-%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85/

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    833 shares
    Share 333 Tweet 208
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.