Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कसरी मानसिक सन्तुलन स्वास्थ्य राख्न सकिन्छ !

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०७६
in टाकुरा विशेष, विचार
0
कसरी मानसिक सन्तुलन स्वास्थ्य राख्न सकिन्छ !
316
SHARES
Share on FacebookShare on Twitter

मानिस नै विश्वको सर्वश्रेष्ठ प्राणि हो । किनकि, उसले आफ्नो दिमाखलाई प्रयोग गरेर नवीनतम आधुनिक प्रविधि प्रतिपादन गर्दछ ।
हजारौं वर्ष पहिलेको युगलाई प्रतिस्थापन गरी नयाँ युगमा आउँन मानिसले नयाँ सिद्धान्त विकास गरेर आएको हुन्छ । यसको सम्पूर्ण कारण मानिसले आफ्नो मानसिकलाई सहि तरिकाले प्रयोगमा ल्याएर नै नवीनतम खोज प्रविधि आविष्कार विभिन्न रचनात्मक काम औषधी खोपको सिर्जना गरेका छन् । यी विकासले नै हामीलाई सहज रुपमा बाँच्न सकिरहेका छौँ ।
विभिन्न खोज अन्वेषण आफ्नो शरीरमा लागेको रोगको लागि पहिचान गर्न नयाँ प्रतिपादन आविष्कार वनस्पती प्राणी सम्पूर्ण ब्रमाण्डको अध्ययनको लागि आफ्नो दिमाखी शक्ति प्रयोग गरेर नवीनतम श्रृजना प्रयोगमा ल्याएका हुन्छन् ।
अहिले विश्व नै त्राहि–त्राहि भएर मानिसलाई चुनौती दिने रोगको श्रृजना भएको छ । यतिबेला विश्व नै लकडाउनको अवस्थामा गुज्रिरहेको छ । अहिले हामी आम मानिस सामाजिक दूरी पारिवारिकबाट टाढा, सेल्फ आइसोलेसन बन्दी गृह जस्ता विविध क्रियाकलापमा बसेर दैनिकी बिताउँन बाध्य छौँ । यस्तो बेला एकै ठाउँमा धेरै समय बस्दा धेरैको मानसिक सन्तुलनमा आघात पुगेको छ । दिन प्रतिदिन समाचारमा त्रासका खबर, सामाजिक सन्जालमा धेरै समय नजिक रहँदा हाम्रो मानसिक चोटमा दीर्घकालिन असर पर्दै आम मानिसलाई जानकारी छ नै । तर पनि सामाजिक सञ्जालमा हामी निकै सक्रिय छौँ । यसले भयावह अवस्था लिने निश्चित छ । यो जान्दाजान्दै पनि हामीहरु यसबाट मुक्त हुँन नसकिरहेको अवस्था छ । यस्तो बिकराल अवस्थामा हामी अधिक मानिसहरु मानसिक रुपमा कमजोर बन्दै गईरहेका छौँ ।
यसैको बाबजुद पनि घरमा झगडा, अशान्ति, कलह, पैदा भइरहेको छ । किनकि, पृथ्वी नै शान्त रहँदा समेत हाम्रो मन शान्त रहन सकेन । हाम्रो अवचेतन मन दैनिक आफ्नो नियमित काममा जाँदा स्थिर हुन्थ्यो । अहिले धेरै समय एकै ठाउँमा बस्दा, एकैठाउँमा एउटै कुरा हेरिरहँदा र एउटै कुरा सोचिरहँदा मन कुँजिएको छ । काम नहुदाँ मन अस्थिर भएर संसार डुलिहेको हुन्छ । हामीसँग त्यो महान शक्ति अहिले नि यथावत् रहेको छ । मानसिकलाई चोट पुर्याइ असर पार्दा नयाँ खोज अन्वेषण चेतनशील बन्न सकिदैँन । तसर्थ, कसैले पनि आफ्नो मानसिकमा असर पर्ने कार्य गर्नु हुँदैन । मानसिक स्वास्थ्यलाई स्वास्थ्यका अभिन्न अङ्गको रुपमा लिइन्छ । तरपनि यसको प्रर्बधनमा कुनै कार्य गरेको पाइँदैन ।
यसो सोच्दा अहिले यो भाइरस हामी सबैलाई जागरुप बनाई नयाँ कार्य गर्नको निम्ति अवसरको रुपमा आएको भन्ने भान हुन्छ । दिमाखमा सकारात्मक चिन्तन गर्ने हो भने रोगलाई पनि जित्न सकिन्छ जस्तो लाग्छ । त्यसो त हामी मानिसहरु जति नै अग्रगतिमा गएपनि जहिल्यै पनि फूलको कोपिला मात्र भएका हुन्छौँ । किनकि, हामी जीवनका विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेका छौँ । र, अन्य यस्ता हजारौँ अवरोहहरुलाई पार गर्दै जानु नै छ । हामी कोपिला नै बनिरहौँ, माहुरी बन्न लालायित हुनुहुँदैन भन्ने लाग्छ ।
चाहे अहिलेको सन्त्रासबाट होस् वा अन्य जुनसुकै मानसिक सन्तुलनको असरबाट हामी हाम्रो शरीरलाई स्वास्थ्य राख्न सधैँ चाहिरहेका हुन्छौँ । तर, आफ्नो शरीर सधैँ स्वास्थ्य नरहन पनि सक्छ ।

यस्तो बेलामा हामी मानिसहरुले विभिन्न कुरामा ध्यान दिएमा शरीर स्वास्थ्य राख्न सकिन्थ्यो कि !

–दैनिक विहान २० देखि २५ मिनेट आँफूलाइ सहज हुने आशनमा ध्यान बस्ने । यस्तो गर्दा चन्चल मन केन्द्रित हुनुका साथै चेतनाको स्तर अभिवृद्धि हुन्छ ।
–दैनिक ध्यानपछि अबको समयमा यो गर्नेछु, यसो गर्दा ठीक हँुन्छ भनेर कल्पना शक्ति निर्माण गर्ने ।
–हरपल सामाजिक सञ्जालमा रहनु भन्दा विहान बेलुका आवश्यक समयमा मात्र सामाजिक सञ्जाल तथा रेडियो, टिभी, र अनलाईन पोर्टलहरुमा समाचार हेर्ने ।
–आधिकारिक अपडेट सूचना प्राप्त गर्न विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले जारी गर्ने सूचनाको अध्ययन गर्ने ।
–नयाँ श्रृजनात्मक कामको लागि आफ्नो शक्ति प्रयोग गर्ने ।
–नकारात्मक कुरालाई बढी जोड नदिइ सकारात्मक कुरामा केन्द्रीत हुने ।
–शरीरिक व्यायाम अनिवार्य गर्ने ।
–एक्लो अनुभव हुन नदिन आँफूलाइ प्रेम गर्ने । साथीहरु तथा परिवारसँग हेलमेल हुने । र, लामो समय देखि पढ्न बाँकी रहेका विभिन्न जीवनपयोगी पुस्तक अध्ययन गर्ने ।
(यी माथिका केही कुराहरु त प्रतिनिधि मात्र हुन् । यस्तै, जीवनपयोगी कुराहरुमा केन्द्रीत भएमा मन शान्त र सन्तुष्ट हुन्छ कि !)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
FEATURE BREAKING

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

FEATURE BREAKING

कोशी प्रदेशमा सिमसार पर्यटन

by अर्जुन उप्रेती
अशोज १०, २०८३
0

पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.