Saturday, January 17, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा म्याद गुज्रिएका खाद्य सामाग्री, कुन पसलमा बजार अनुगमन गरियो ? लुकाउँछ उपमहानगर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा म्याद गुज्रिएका खाद्य सामाग्री, कुन पसलमा बजार अनुगमन गरियो ? लुकाउँछ उपमहानगर

इटहरीका पसलमा अनुगमन गरिदैँ ।

178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकामा बजार अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्य सामाग्री भेटिएको छ ।

म्याद गुज्रिएका खाद्य सामाग्री तथा पेय पदार्थ भेटिएपनि इटहरी उपमहानगरले कहाँ–कहाँ अनुगमन गरेको भन्नेबारे लुकाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिकामा, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, उद्योग वाणिज्य सङ्घ इटहरीको संयुक्त समन्वयमा बजार अनुगमन गरिएको र खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको भेटिएको थियो ।

इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखाकी खाद्य निरीक्षक अनु अर्यालले इटहरीका दुई वटा होटल, चारवटा किराना पसल र एउटा डिपार्टमेन्ट स्टोरमा अनुगमन गरिएको भएपनि कहाँ–कहाँ अनुगमन गरिएको भन्नेबारे दिन नमिल्ने बताइन् ।

‘मलाई अफिस टाइममा आएर भेट्नुहोस् १० बजे । अनुगमन कहाँ गरेको भनेर पनि किन खुलाउनु ?,’ अनुगमनका क्रममा केके बरामद भए भन्ने जिज्ञासामा उनले भनिन्, ‘पेय पदार्थ भन्नुहोस् न !’

उनले कुन पसलमा अनुगमन गरेको भनेर खुलाउन आवश्यक नभएको र स्प्राइट, कोक, फेन्टा, रियल जुस नभनेर पेय पदार्थ भन्नसमेत जिकिर गरिन् ।

बजारमा हुन सक्ने अखाद्य बस्तुको बिक्री, कालोबजारी मूल्य अभिवृद्धि गर्नसक्ने कुराहरूलाई मध्यनजर गरी इटहरीका विभिन्न ठाउँहरूमा अनुगमन गरिएपनि उपमहानगरले सूचना भने लुकाउने गरेको छ ।

कुन पसलमा अनुगमन गरिएको भन्न नमिल्ने र ‘समाचारमा सो कुरा नलेखिदिनका लागि’ पनि सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

अनुगमनका क्रममा एक सय लिटरभन्दा बढी म्याद गुज्रिएका पेय पदार्थ साथै च्यावन प्रास, मह, सनफ्लावर तेल, घ्यू, बिना लेवल प्याकिङ गरिएको मकैलगायतका सामाग्री नष्ट गरिएको थियो । अनुगमनको क्रममा होटेलहरूमा सरसफाइ नभएको, होटलमा काम गर्ने कामदारहरूले एप्रोन, हेयर क्याप नलगाएको पाइएकोले तुरुन्त सुधार गर्नसमेत निर्देशन दिइएको थियो ।

अनुगमनको क्रममा बरामद गरिएको अखाद्य सामान सबैको रोहबरमा नष्ट गरिएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।

यसरी म्याद गुज्रिएका र अखाद्य सामाग्रीहरू फेला परेको स्थानहरूमा सुधार गर्न लिखित निर्देशन दिइएको उनको भनाइ छ ।

त्यसो त उपमहानगर तथा सम्बन्धित निकायले पूर्व सूचना दिएर अनुगमन गर्दै आएको छ । कुनै छड्के अनुगमन नगर्ने तर पूर्व सूचना दिएर अनुगमन गर्ने गरेको स्वयम् व्यापारीहरू बताउँछन् ।

‘आज हामी तपाईँहरूकहाँ अनुगमन गर्न आउँछौं भन्ने तरिकाले पहिल्यै सूचना दिएर अनुगमन गरेजस्तो गरिन्छ,’ इटहरी ६ स्थित एक होटलमा काम गर्ने कर्मचारी भन्छन्, ‘अनुगमन गर्दा कुनै सीमित ठाउँमा गरेजस्तो गरेर भत्ता पचाउने मेलोजस्तो मात्रै देखिन्छ ।’

अनुगमन निष्पक्ष हिसाबमा सबै पसल तथा होटलहरूमा गर्नुपर्ने जानकारहरू बताउँछन् । ‘अहिलेको बजार अनुगमन भनेको सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने तरिकाबाट हुँदै आएको छ,’ एक जानकारले भने ।

Tags: #अनुगमन#इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
FEATURE BREAKING

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
0

तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी
खेलकुद

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

by गुरु ढकाल
माघ ३, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

माघ ३, २०८२
रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

माघ २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

माघ ३, २०८२
विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

माघ ३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    457 shares
    Share 183 Tweet 114
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    266 shares
    Share 106 Tweet 67
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    258 shares
    Share 103 Tweet 65
  • कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

    171 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.