Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

महामारीबाट बच्न सरकार र नागरिक सचेत रहन आवश्यक छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २५, २०७७
in अन्तर्वार्ता, टाकुरा विशेष, विविध
0
महामारीबाट बच्न सरकार र नागरिक सचेत रहन आवश्यक छ
244
SHARES
Share on FacebookShare on Twitter

इटहरी क्षेत्रमा ०७४ श्रावणमा आएको वाढी पछिको स्वास्थ्य व्यवस्थापन, गत वर्षको डेंगु महामारीलाई सफल व्यवस्थापन तथा हाल कोभिड १९ संक्रमणको सुरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा निरन्तर सक्रिय रुपमा खटिरहनुभएका इटहरी अस्पतालका ईमरजेन्सी विभाग प्रमुख रामकुमार धमलासंग टाकुरान्यूजले गरेको कुराकानी संक्षेपमा –

१. इटहरीमा कोरोनाको अवस्था कस्तो छ ?

प्रदेश नं १ को केन्द्रविन्दु हो – इटहरी । यहाँ पूर्व–पश्चिम र हिमाल, पहाड र तराई सम्मका मानिसहरुको आवत जावत हुने गर्दछ । अर्कोतर्फ यहाँका मानिसहरु नेपालका विभिन्न जिल्लाहरुमा कामकाज गरीरहेको अवस्था छ । यसले गर्दा निश्चय नै इटहरीमा कोभिड १९ संक्रमणको अवस्था उच्च जोखिम छ ।

हालसम्म २८ जना मानिसहरु संक्रमित भई सकेको अवस्था छ । हामीले पीसीआर टेष्टको दायरा वढाएका छौँ । थप केसहरु देखिन सक्ने अवस्था पनि छ । इटहरीका मानिसहरु जस्ले अन्य ठाउमा टेष्ट गर्दा कोभिडको नजिता पोजेटिभ आइरहेको अवस्था छ ।

२. संक्रमितहरुको अवस्था र लक्षणहरु के कस्तो रहेका छन् ?

नेपालमा कोभिड १९ को संक्रमणको सुरुवाती चरणमा कोरोनाको लक्षण र चिन्हहरु कम देखिएका थिए । हाल आएर संक्रमितहरुमा सास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण तथा चिन्हहरु देखिन थालेका छन् । इटहरी क्षेत्रका संक्रमितहरुको अवस्था अहिले सम्म सामान्य नै छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको निगरानीमा संक्रमितहरु कोही अस्पतालको आइसोलेशन र होम आइसोलेशनमा घरमै रहेका छन् ।

३.संक्रमण रोकथाम र नियन्त्रणका हालसम्म के कस्ता प्रयासहरु भएका छन् ?

नेपालमा कोभिड १९ को संक्रमणको पहिलो केस २०७६ साल माघ ९ गते प्रमाणित भएको थियो । पहिलो केस नेपालमा देखा परेदेखि नै हामी सजक थियौँ । सो सम्वन्धि अनलाइन जानकारी दिन सुरु गरी सकेका थियौँ ।

त्यसकारण हामीले पहिलो चरणको लकडाउन सुरु अघि नै या भनौँ फाल्गुनको अन्तिम हप्ताबाट नै कोरोना सम्वन्धि वडा स्तरीय र स्वास्थ्यकर्मी स्तरीय सचेतना तथा जनचेतनात्मक गतिविधिहरु संचालन गरेका थियौँ । कोरोनाबाट बच्न अपनाउँन पर्ने आधारभूत सावधानीहरु मुख्यतयाः माक्स अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुन पानीले हात धूने वा सेनिटाइज गर्ने जस्ता उपाय तथा व्यवहार परिवर्तन सम्वन्धि ज्ञान अविवृद्धि गर्ने कार्य गरेका थियौँ ।

यस्ता गतिविधिहरु हाल सम्म निरन्तर संचालनरत छन् । इटहरीमा हामीले सफल क्वारेन्टिन संचालन र कन्ट्याक्ट ट्रेसिङ्ग, टेष्टिङ्ग, आइसोलेशन र उपचारलाई निरन्तरता दिइरहेका छौँ । तर बिडम्वना नागरिहरुवाट संक्रमण रोकथाम गर्न सामान्य सुरक्षा समेत अपनाइको पाइएन ।

अर्को शव्दमा भन्नु पर्दा कोरोनालाई सामान्य मानियो वा मानिदैँ छ । यो दुःखद पक्ष हो । यो हुुनुमा सरकारी तवरवाट जति अनुगमन नियमन हुनु पर्दथ्यो सो हुन सकेन । नागरिक तहवाट सरकारलाई सहयोग गर्नु पर्दथ्यो । त्यो पनि भएन । संसारलाई आक्रान्त पारेको कोभिड १९ माहामारीलाई हामीहरुले अलिक हलुका ढंगले लियौँ कि भन्ने मेरो बुझाई छ ।

४. संक्रमण रोक्न स्थानीय जनतावाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

विश्व जगत नै कोभिड १९ महामारीको चपेटामा छ । जुनजुन देशमा नागरिकको साथ र सहयोग भएको छ ।

त्यो देशमा संक्रमण चाडो नियन्त्रण र कम धनजनको क्षति भएको छ । निश्चित रुपमा यस्तो स्वास्थ्य संकटमा सरकार एक्लैले महामारी रोक्न असम्भव प्राय रहन्छ । यसर्थ, नागरिकहरुले आ–आफनो तह र तप्कावाट सक्दो सहयोग सरकारी पक्षलाई गर्नुपर्छ । मलाई के लाग्छ भने त्यस्तो ठूलो केही गर्नु पदैन ।

तपाईँहरुले आफनो स्वास्थ्य सुरक्षाको लागि सेल्फ केयर मात्र गरे पुग्छ । जस्तो कि सामान्य रुपामा माक्सको प्रयोग मात्र गर्ने हो या भनाँै अनावश्यक हिडडुँल मात्र नगर्ने हो भने संक्रमण रोकथाममा ठूलो सहयोग पुग्छ । अहिले हामी संक्रमणको बाटोमा हिँडिरहेकोले संक्रमण हुनै नदिन यथा शक्य सबै उपायहरु अवलम्वन गर्नु जरुरी देखिन्छ ।

स्थानीय जनताहरुले केवल स्थानीय सरकारले सूचित गरे अनुसार कोरोना नियन्त्रण गर्न अपनाउँनु पर्ने न्यूनतम सावधानीहरु मात्र अपनाए पनि उल्लेखनीय सहयोग हुनेछ ।

५. केन्द्रिय सरकारवाट कस्तो सहयोग पाउँनुभएको छ ? केही सुझावहरु छन् ?

संविधानतः तीन तहको सरकारले आफ्नो क्षमताले भ्याए सम्म कार्य गरिरहेका छन् । केन्द्रिय सरकारले पनि आवश्यक सहयोग गरिरहेको छ । तर, प्रदेश र स्थानीय सरकार पनि भएकोले जति केन्द्र सरकारले नेतृत्वदायी भूमिका खेल्नु पर्दथ्यो ।

मेरो वुझाईमा अलिक कम भयो जस्तो लाग्छ । केन्द्र सरकारले नेपाललाई स्वास्थ्य संकटकाल घोषणा गर्न ढिला गर्नु हुँदैन । महामारी रोकथामका लागि केही सुझावहरु :

१. अब सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर राज्यको सम्पूर्ण श्रोत र शक्तिलाई कोभिड १९ रोकथाम र नियन्त्रणमा प्रयोग गरौँ ।

२. लक्षण सहितका कोभिड संक्रमितको विरामी दर र कोभिड पोजेटिभ विरामिको मृत्यु दरको ग्राफ दिनप्रतिदिन वढ्दो छ ।

३. कोभिड सक्रमण समुदायस्तरमा फैलिसकेकोले अब राज्य एक्लैले महामारीलाई थेग्न गाह्रो हँुदैछ । तसर्थ, सरकारले नीजि समुदायतहलाई समेत कोभिड नियन्त्रणमा सहयोग माग्नु पर्छ । नीजि, समुदाय र नागरिक तहवाट समेत सक्दो सहयोग पु¥याउन जरुरी छ ।

४. सरकारले स्थापना गरेको आईसोलेशनका बेडहरु दिनदिनै भरिदैँ छन् । लक्षण सहितका संक्रमित मानिसहरु घरमा वस्न वाध्य हुँदैछन् ।

५. देश भरिका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा उपलव्ध स्थानीय श्रोत र साधनको प्रयोग गरी सवैमा आईसोलेशन बेड तयार गरौँ ।

६. सरकारले तत्काल स्वास्थ चौकीमा कम्तिमा १० वेड, प्राथमिक स्वास्थ्य केन्द्रमा १५ वेड, प्राथमिक अस्पतालमा २५ वेड र जिल्ला अस्पतालमा ५० वेड र अन्य उपयुक्त भवन र स्वास्थ्य कलेजहरुमा पनि आईसोलेशनको तयारी गर्न आवश्यक छ ।

७. स्वास्थ्य प्राविधिक अध्ययन गरी बिना रोजगारी घर वसेकाहरुलाई सार्वजनिक रुपमा आव्हान गरी सेवा गर्न सरकारले अनुरोध गरौँ ।

८. मेडिकल कलेज, शैक्षिक प्रतिष्ठानका अन्तिम वर्षका सवै प्रशिक्षार्थीहरुलाई प्रोटोकल वेस तालिम दिएर संक्रमित क्षेत्रमा परिचालन गरौँ ।

९. पहिलो फेजको लकडाउनमा सरकारले पर्याप्त तयारी र श्रोतको साधनको प्रयोग गर्नुपर्द्थ्यो । जति भयो सन्तुष्ट मानेर अघि वढ्नुको विकल्प छैन ।

१०. लकडाउन पछि नागरिकहरुले सावधानी अपनाउनु पर्द्थ्यो । त्यो भएन र सरकारले पनि कडा रुपमा अनुगमन र नियमन

गर्नु पर्दथ्यो त्यो भएन ।
अब सरकार र नागरिक दुवैले अत्यन्त सजक र सक्रिय भएमा मात्र महामारी लाई नियन्त्रण र थेग्न सकिन्छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.