इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै इटहरीमा गरिएको लकडाउनको मिति आज अन्त्य भएपनि भोलि इटहरी बजार क्षेत्र नखुल्ने भएको छ ।
इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईका अनुसार २० गतेदेखि ५ दिनका लागि इटहरी क्षेत्रमा लकडाउन घोषणा गरिएको मिति अन्त्य भएपनि भोलि इटहरीका कुनै पनि क्षेत्र नखुल्ने भएको हो ।
उनका अनुसार सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका कारण भोलि इटहरीका कुनै पनि क्षेत्र नखुल्ने भएको हो ।सुनसरी प्रशासनले ३२ गतेसम्म निषेधाज्ञा गरेको छ । तर, स्थानीय तहले भने बैठक बसेर बजार खुलाउन पनि सक्ने भएकाले तत्कालको स्थितिमा भने बजार नखुल्ने र बीचमा बैठकले निर्णय गरेमा बजार खुल्ने उनले बताए ।
‘सुनसरी प्रशासनले ३२ गतेसम्म निषेधाज्ञा गरेपछि भोलि बजार नखुल्ने भएको हो,’ उनले टाकुरासँग भने, ‘प्रशासनले जिल्लाभरी गरेको आदेश भएकाले आज बैठक पनि नबसिएको हो ।’ बीचमा बजार खुलाउने वा नखुलाउने भन्ने बिषयमा बैठक बसेपछि मात्र थाहा हुने उनले बताए ।















Discussion about this post