Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अस्पतालको गेटमा पुगेर, भर्ना नभई फर्किने बिरामीहरुको पक्षमा…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०७७
in टाकुरा विशेष, विचार
0
कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण किन गलत ?
325
SHARES
Share on FacebookShare on Twitter

स्वास्थ्य नै ठूलो धन हो भन्ने भनाईलाई आत्मसाथ गर्दै केही कुरा शब्दमार्फत उन्ने प्रयास गरेको छु ।

स्वास्थ्य रहनु मानिसको नैसर्गिक अधिकार हो । हरेक मानिस आँफू स्वास्थ्य हुने र स्वास्थ्य भएर बाँच्ने अभिलासा गरिरहेको हुन्छ । कुनै पनि मानिस आफ्नो स्वास्थ्य समस्या भएपछि जाने र गुहार्ने ठाउँ भनेको ठाउँ नै अस्पताल हो । अस्पताल धेरैको लागि मृत्युको मुखबाट पुर्नजन्म पाएर आउने महत्वपूर्ण घर हो ।

अस्पतालमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेर नागरिकको स्वास्थ्य सफल बनाउने भनेका डाक्टर, नर्स र अस्पताल प्रशासनले नै हो । अस्वस्थ मानिसले स्वस्थ भएकोे आभास भएपछि मान्ने र भगवान पुकार्ने भनेको त्यहि अस्पतालका कर्मचारी हुन्छन् ।

बिरामी नागरिकले सधैभरी डाक्टरलाई भगवान पुकार्ने गरिरहेको अवस्था पनि विद्यमान छ ।

आज विश्व नै आक्रान्त भईरहेको अवस्थामा आफ्नो स्वास्थ्य समस्या लिएर अस्पताल जाँदा अस्पताल प्रशासनले विभिन्न बहाना बनाएर बिरामी पन्छाइरहँदा डाक्टर नर्स आज किन घृणित साबित भइरहेका छन् ।

रोगसँग लड्न सक्ने क्षमता भएका व्यक्ति घरमा नै बस्छन् । जसको स्वास्थ्य कमजोर रहेको छ, नियमित औषधी सेवनबाट बाच्नु पर्ने बाध्यता उसैलाई हुन्छ ।

अहिले विश्व महामारी रोगको सङ्क्रमण तीव्र बढिरहेको अवस्थामा सामान्य स्वास्थ्य समस्याका बिरामी अस्पतालको गेट पुगेर अब बाँचिन्छ भन्ने अभिलासा सपना बुन्दा बुन्दै अस्पतालले भर्ना गर्न नमान्दा र अस्पतालको गेट चाहार्दा चाहार्दै जुन गेटमा सपना बुनेको हुन्छ, त्यहि गेटमा मृत्यु हुन्छ । र, परिवार बाध्य भएर शोक बोकेर घर फकिन्छ । आखिर दोष कसको हो ? अस्पताल या समयमा बिरामी अस्पताल पुर्याउन नसकेर परिवारको जे होस् बिरामी गेटमा आएपछि अस्पतालले भर्ना गरेर उपचार प्रक्रिया थाल्नुपर्ने होइन ।

आज भन्दा ६ महिना अगाडि रोगको महामारी नभएको समयमा बिरामी परेर अस्पताल जाँदा अस्पतालले लाग्ने शेवा शुल्क भन्दा दोब्बर खर्च गरेर बिरामीको उपचार गर्ने गरेको थियो । तर, यो महामारीमा अस्पतालले सामान्य समस्या भएका बिरामी अस्पताल पुग्दा भर्ना गर्न नमानेर गेटबाट नै पन्छाइरहेका छन्, यो समयमा अस्पतालबाट उपचार नगराई मर्नुपर्ने अवस्था आइरहेको छ ।

नेपालको सविंधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वन्चित गरिने छैन, भनेर स्पष्ट उल्लेख भएपनि यसको कार्यान्वयन भएको पाईदैँन ।

तर, मुटुका बिरामी हृदयघात, दुर्घटना, डायलासिस सेवा, गर्भवती लगायत बिरामी आकस्मिक स्वास्थ्य सेवा भित्र पर्दैनन ? होइन भने यस्तो अवस्थाका विरामीलाई पनि किन अस्पताल प्रशासनले फिर्ता पठाइरहेको छ ? यसको उत्तर न प्रशासनसँग छ न सरकारसँग ।

सविंधानको धारा १ मा सविंधान पालन गर्नु प्रत्येक व्यक्तिको कतव्र्य हुनेछ भनेर उल्लेख गरिएको छ । अस्पताल प्रशासनका व्यक्तिले यो कानुन पालना गर्नुपर्दैन ? के उनीहरुलाइ यो लागू हुँदैन ? यद लागू हुन्छ भने किन अस्पतालबाट बिरामीलाई फिर्ता पठाइन्छ त ?

विभिन्न छट्पटिका बाबजुद अस्पताल आएर अस्पताल चाहार्दा चाहार्दै एम्बुलेन्समा नै मृत्यु भईरहेका समाचार प्रकाशित भईरहँदा अस्पताल प्रशासन मुकदर्शक बनेको देखिन्छ ।

राज्यका संयन्त्र यस विषयमा थाहा पाएर पनि थाहा नपाए जस्तो गरेर बसेको देखिन्छ । आखिरमा भन्ने हो भने समस्या पर्ने भनेको त गरिव, विपन्न, असाहाय, पिछडिएको वर्ग, आर्थिक अवस्था दयनीय भएका र ठाउँमा पहुँच नभएकाहरुको त हो । उनीहरुको आवज सुनिदिने को नै हुन्छ र ?

नागरिकको स्वास्थ्य माथि सधैँ समस्या कहिले सम्म यस्तो झेलिरहने सरकार ?

मुलुकमा तीन तहको सरकार सञ्चालन रहेको छ । आर्थिक भार तीव्र रुपमा बढेको बढ्यै छ । विभिन्न नीति, नियम, ऐन, कानुन, समय सापेक्ष परिमार्जन हुँदै बनेका छन् । नेपाल सरकारले सामाजिक स्वास्थ्य वीमा तपाईँको सुरक्षा, हाम्रो अठोट भन्ने नारा तय गरेर कार्यक्रम लागू गरेको छ । यसमा प्रत्येक नागरिकले अस्पताल जाँदा सहुलियत पाईन्छ भनेर सबैले स्वास्थ्य वीमा गरेका छन् ।

स्वास्थ्य वीमामा पनि सर्वसुलभ रुपमा उपचार गर्न नपाइरहेको अवस्था छ ।

निजी स्वास्थ्यको नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने कुरा कहिलेदेखि कार्यान्वयन आउँछ ?

सबै नागरिकको स्वास्थ्यमा समान पहुँच अभिवृद्धि गर्न अस्पतालले सबै निकायसँग हातेमाले सहयोगको सम्बन्ध स्थापित गरेर अगाडि बढ्दा नागरिकले स्वास्थ्यको सुरक्षा पनि पाउने सबैले स्वास्थ्य भएको महसुस आभास हुने भएकाले बिरामीलाइ भर्ना लिन छोड्नु भन्दा पनि अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर लोकप्रिय हुन आवश्यक छ ।

र, अन्त्यमा बिरामी नागरिकले पुकार्ने नाम भगवान सावित हुन आवश्यक देखिन्छ ।

Tags: #article
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

टाकुरा विशेष

सगरमाथाको शिखरमुनि हराएको जीवन

by अर्जुन उप्रेती
कार्तिक १, २०८३
0

सर्वोच्च शिखर, मृत्यु र सम्झनाको हिमाल सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, यो साहस, सपना, पर्यटन, राष्ट्रिय गौरव र हजारौँ...

कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

अशोज २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    836 shares
    Share 334 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.