Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक परियोजना : तरहरादेखि धरानसम्म ४ लेन मात्र बन्ने, झण्डै १५ सय रुख काटिदैँ

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
अशोज २, २०७७
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक परियोजना : तरहरादेखि धरानसम्म ४ लेन मात्र बन्ने, झण्डै १५ सय रुख काटिदैँ

चारकोसे जंगलमा निर्माणाधीन ६ लेन सडक ।

280
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकको काम अहिले तीब्र रुपमा भईरहेको छ । इटहरी २० तरहराको पानीपियादेखि धरानसम्मको सडकको काम यतिबेला निर्माणाधिन रहेको छ ।

तरहरादेखि धरानको तीनकुने सम्म १० किलोमिटर सडक भने ४ लेन मात्र निर्र्माण हुने सडक विभागले जनाएको छ । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा निर्माणधिन ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानसम्म सडक विस्तार गर्न १ हजार ४ सय ३० वटा रुख कटान गरिने र त्यसमध्ये केही रुखहरु काटिसकिएको ६ लेन सडक इटहरीका परियोजना व्यवस्थापक बद्री प्रसाद शर्माले जानकारी दिए ।

‘सहरी क्षेत्रमा फुटपाथ हुने भएकाले ६ लेन सडकको काम हुँदै आएको थियो,’ उनले टाकुरासँग भने, ‘यहाँ भने ४ लेनको मात्र सडक बन्ने तयारी गरिएको छ ।’ उनका अनुसार अहिले तरहरादेखि सेउती खोलासम्म रुख कटानको काम भईरहेको छ । ‘हामीले अहिलेसम्म करीब ६ सय बढी रुख कटान गरिसकेका छौँ,’ शर्माले भने, ‘रुख काटेर साइट क्लियर गर्ने काम भईरहेको छ ।’

उनका अनुसार काटिएको रुख डिभिजन बन कार्यालय सुनसरी अन्र्तगत सब डिभिजन बन कार्यालय तरहरामा राखिदैँ आएको छ ।

गएको असारयता आगामी तीन बर्षभित्रमा काम पूरा गर्ने गरी भिन्नाभिन्नै दुईवटा कम्पनीले ठेक्का पारेको र कामको गति अगाडि बढेको शर्माले बताए ।

६ लेन सडकखण्ड अन्तरगत चारकोशे झाडीमा निर्माणाधिन रहेको सडक ।

उनका अनसार पानीपियादेखि सेउती खोलासम्म १ नम्बरको कन्ट्याक्टरले ठेक्का पाएको छ भने त्यहाँदेखि उता धरानसम्म २ नम्बरको कन्ट्याक्टरको ठेक्का पारेको उनले जानकारी दिए ।

शर्माका अनुसार जंगल क्षेत्रमा सवारीको चाप कम हुने भएकाले यहाँ ४ लेनको सडक निर्माण गर्न लागिएको हो । चारकोशे झाडीमा पर्ने यो क्षेत्रमा सरकारी निकायको अनुमतिमा जिल्लाको जंगल क्षेत्रका विभिन्न प्रजातिका रुख तीन दशकयताकै ठूलो संख्यामा कटान गर्न लागिएको हो ।

‘तरहराको पानीपिया क्षेत्रदेखि धरानको तीनकुने सम्मको सडकमा १ हजार ४ सय ३० वटा रुख कटान हुँन लागेको हो,’ उनले भने, ‘अहिले सहरी क्षेत्रमा २५–२५ मिटर सडक चौडा गरिएको छ भने बन क्षेत्रमा १५–१५ मिटर मात्र सडक चौडा गरिनेछ ।
सुनसरीमा कुल २४ हजार ८ सय ६५.५ हेक्टर वन क्षेत्र रहेको छ ।

जसमध्ये जिल्लामा तीन हजार पाँच सय १४.६ हेक्टर सामूदायिक वन क्षेत्र रहेको छ भने अन्य राष्ट्रिय वन क्षेत्रमा पर्छ । ६ लेनको मापदण्ड अनुसार सडक निर्माण गर्दा अरु थप रुख काट्नुपर्ने हुन्छ ।

धेरै रुख काट्दा जंगल विनास हुने खतरा रहेकाले यहाँ ४ लेन मात्र सडक निर्माण गर्न लागेको सडक विभागले जनाएको छ ।

Tags: #६ लेन सडक
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.