झापा : दमक नगरपालिका ४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ वर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ वर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत वुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेका छन् ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।













Discussion about this post