सेयर बजारमा २१.१६ अंकको गिरावट आएको छ । सेयर बजार समग्रमा ०.८१ प्रतिशतले घटेको हो ।
बजार २५८६.५१ अंकमा अडिएको छ । आज ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आएको हो ।
४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ । ३ वटा कम्पनीको सेयर ५ प्रतिशत भन्दा माथि बढेको छ । नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा बढी गुमाएको छ ।
बैंकको सेयरमा पहिलो पटक नकारात्मक सर्किट लागेको हो । एकैदिन यसको सेयर मूल्य ६६ रुपैयाँले घटेको हो ।



![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)







![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)


Discussion about this post