इटहरी : सुनसरीको दुहबी ९ मा दुई समुहबीच राहतको नाममा झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पुरानो रिसिबीका कारण राहतको विषयमा झडप भएको हो । झडपमा एक जना प्रहरी जवान अनिल यादव सहित एक दर्जन बढी घाईते भएको ईलका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर प्रविण कार्कीले जानकारी दिए। घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको उनको भनाई रहेको छ ।
राहत वितरणमा अनियमितता भएको भन्दै पछिल्लो समय विवाद चर्केको थियो । अनियमितताको विषयमा एक जना युवाले फेसबुक स्टाटस लेखेपछि सो विषयमा छलफल गर्न बसेको बेलामा विवाद चर्केर कुटाकुट भएको हो ।
यता दुहबी ९ का वडाध्यक्ष मेहदी हुसैनले राजनीतिक पुर्वग्राहका कारण आरोप लगाएकोले आँफूहरु छलफलकै क्रममा रहेको जानकारी दिए ।
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...













Discussion about this post