सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा घरको छतबाट हामफाल्दा एक किशोरीको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घरको चार तलामाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका ९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार राति ८ः३० बजेतिर घरमाथिबाट हामफाल्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
तत्काल उद्धार गरेर उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post