इटहरी : सुनसरी र मोरङसहित ११ जिल्लामा बर्डफ्लू देखिएको छ । माघ दोस्रो सातादेखि मोरङ जिल्लाबाट फैलिएको बर्डफ्लू सङ्क्रमण ११ जिल्लामा देखिएको हो ।
माघ १६ गते मोरङको ग्रामथान गाउँपालिका १ र बूढीगङ्गा गाउँपालिका ५ मा रहेको दुईवटा कुखुरा फर्ममा बर्डफ्लू देखिएको थियो । बर्डफ्लू देखिएपछि ग्रामथान गाउँपालिका १ को खुनियाकट्टा र बूढीगङ्गा ५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरा नष्ट गरिएको थियो ।
त्यसयता, सुनसरी, उदयपुर, भक्तपुर, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषा गरी ११ जिल्लामा बर्डफ्लू देखिएको हा ।
हालसम्म ती जिल्लामा ६४ हजार आठ सय ७२ पन्छी, २७ हजार तीन सय ७१ गोटा अन्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको मासु नष्ट गरिसकिएको छ ।














Discussion about this post