Tuesday, June 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
in विविध, समाचार
0
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान
51
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट रु ३० लाख बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि बराबरको रु ३० लाख लागत साझेदारी गरिएको छ । यसरी कूल रु ६० लाखको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उनले जानकारी दिए।

महिला विकास बोर्डअन्तर्गत सञ्चालित ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं ४, ५ र ६ का किसानलाई पशुपालनमा अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।

उनका अनुसार यसअघि सोही कार्यक्रममार्फत वडा नं १, २ र ३ मा उन्नत जातका गाई वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी वडामा कार्यक्रम विस्तार गरिएको हो ।

कार्यक्रमअन्तर्गत २० वटा बङ्गुरपालन फर्म र एक वटा बाख्रापालन फर्मलाई सहयोग गरिएको छ । किसानको ५० प्रतिशत लागत साझेदारी रहने यस योजनामा खोर निर्माण, पाठापाठी (बङ्गुर तथा बाख्रा) खरिद र आवश्यक प्राविधिक सहयोगमा गाउँपालिकाले सहजीकरण गरेको जनाएको छ ।

उपाध्यक्ष राईका अनुसार यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ अवसर सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

“हामीले महिलालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “यसले घरपरिवारको आर्थिक अवस्था सुधार्न सहयोग गर्नेछ ।”

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकालाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए ।

“हामीले दूध र मासुमा आत्मनिर्भर गाउँपालिका निर्माणको लक्ष्य राखेका छौँ”, अध्यक्ष राईले भने, “गत वर्ष गाई वितरण गरेपछि यस वर्ष बङ्गुर र बाख्रापालन कार्यक्रम विस्तार गरेका छौँ । अहिले उत्पादन भएको दूध भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ ।”

गाउँपालिकाको सहयोगमा आधुनिक खोर निर्माण गरी व्यावसायिक बङ्गुरपालनमा जुट्नुभएका स्थानीय वर्तामाया राईले अनुदानले उद्यम सुरु गर्न सहज भएको बताए । उनले धरानबाट १० वटा उन्नत जातका बङ्गुर ल्याएर व्यवसाय सुरु गरे।

यस्तै, लिलामाया राईले महिलामुखी कार्यक्रम प्रभावकारी भएको बताउँदै घरायसी काममा सीमित महिलाहरूलाई आयआर्जनको अवसर प्राप्त भएको बताए ।

गाउँपालिकाको लागत साझेदारीमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा बंगुरपालन थालेको स्थानीयवासी अनिता राईले बताइन् । आफ्नो घरमा धरानबाट ल्याएका १३ वटा हेमसार बङ्गुर रहेको उनले जानकारी दिइन् । राम्रो ढङ्गले फस्टाएको खण्डमा एउटा बङ्गुर रु ५० हजारदेखि ६० हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।

स्थानीय कृषक जयमारानी राईका अनुसार अनुदान सहयोगपछि पशुपालनप्रति आकर्षण बढेको छ । “प्रारम्भिक लगानीमा सहयोग पाएपछि व्यावसायिक रूपमा अघि बढ्न सजिलो भयो”, उनले भनिन् ।

गाउँपालिकाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । पशुपालनमार्फत आय वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले थप योजना ल्याइने गाउँपालिकाको भनाइ छ ।

यस प्रकारका सहुलियत र साझेदारीमा आधारित कार्यक्रमले स्थानीयस्तरमै उत्पादन र आम्दानी बढाउँदै आत्मनिर्भर गाउँ निर्माणतर्फ महत्वपूर्ण योगदान पु¥याउने स्थानीय जानकारहरुको भनाइ छ ।

Tags: #भोजपुरअनुदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३
सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.