इटहरी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णय नमान्नेलाई कारबाही हुने बताएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग आज (मंगलबार) अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीभित्र आन्तरिक बेमेल भएपनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् ।
सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गर्ने उनको जिकिर छ ।
उनले भने, ‘बागी उम्मेदवार दिने मात्रै होइन, जसले बागी उम्मेदवारालाई सघाउँछन्, उनीहरूलाई पनि कारबाही हुन्छ ।’
नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘टिकट जसले पाएपनि अब हामीले रुख चिह्नलाई विजयी गराउनतर्फ लाग्ने हो ।’
अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरूले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए ।
सुन्दरहरैँचामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद ढकाल र उपमेयरमा माओबादी केन्द्रका नवराज चापागाईँ उम्मेदवार छन् ।














Discussion about this post