Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
in समाचार
0
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

कोसी पुल ।

68
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसेढुङ्गा सावित भएको छ ।

यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा समेत ठूलो सहयोग पुगेका छ । उदयपुरको ८ पालिका मध्ये ६ वटा पालिकाको सडक यातायातको मुख्य मार्गका रुपमा रहेको मदन भण्डारी लोकमार्गका विभिन्न स्थान अहिले व्यवसायिक तथा व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिकाको वडा नं ३, ४, ६, ७ ,९ र १० नं वडा मदनभण्डारी लोकमार्गमा पर्दछ । जुनसुकै विकास निर्माणमा पनि सडक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुन्छ । सडकलाई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, अन्य व्यापार व्यवसाय लगायतका विकासका अनेकौ कामको जननीका रूपमा लिइने बताए।

चौदण्डीगढी नगरपालिकाका लागि मदन भण्डारी लोकमार्गले बहुआयामिक विकासमा सहयोग गरेको छ । उद्योगधन्दा करकारखाना सञ्चालनमा सम्भावना बढ्दै गएको छ । यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने देखिएको छ । सर्वसाधारण तथा हातमा सीप क्षमता, ज्ञान भएकाहरुकालागि गरिखाने अवसर आएको छ । अविकसित गाउँहरुकोस्तर बढेर बजारीकरण भैरहेको छ । बाहिरी जिल्लाबाट सुविधाको खोजीमा बसाइसराइ गरेर आउनेहरूको सङ्ख्या बढ्दै गएको छ । व्यापार व्यवसाय गर्न आउनेहरूको दर पनि बढेको देखिएको छ। बढ्दो जनसङ्ख्याले निम्त्याउने आधारभूत आवश्यकताका कुरामा राज्य बेलैमा सचेत हुनु जरुरी देखिन्छ।

यस क्षेत्रमा सामाजिक परिवर्तनका ढोकाहरू खुलेको छ । केही गरौँ भन्ने सोच भएका स्थानीयले व्यापार व्यवसाय, कृषि उत्पादन, पर्यटन प्रवर्द्धनका कार्यक्रममा सहभागिता बढाएका छन् । समष्टिगत रूपमा स्थानीय जनताको जीवनस्तर माथि उठेदै गरेको अवस्था रहेको नगर प्रमुख लामाको भनाइ रहेको छ ।

सप्तरीको बरमझिया क्षेत्रका पेडा व्यापार गर्नेहरु चौदण्डीगढीको वडा नं ३,४, ६ र ७ मा पेडा पसल खोलेर बसेका छन् जुन मदन भण्डारी लोकमार्गकै कारणले हो । यसले स्थानीयले रोजगारी पाएको नगरप्रमुख लामाले बताएका छन् ।

खासगरी उदयपुरको पूर्वी सीमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालका र पश्चिमी सीमा कटारी नगरपालिकाका केही वडाका जनताले मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि बिच बाटोमा बास बस्दै खाजा-सामल बोकेर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर एक घण्टाभित्रमै पुग्न सक्ने अवस्था रहेको स्थानीयको भनाइ रहेको छ ।

मदन भण्डारी लोकमार्ग निर्माण भएर सञ्चालन हुनुपूर्व यस क्षेत्रका नागरिकले दुई तीन दिन लगाएर बास बस्दै सदरमुकाम धाउनु पर्ने अवस्था थियो । बेलका नगरपालिकाको मैनामैनी, कटुञ्जे-बबला जस्तो दुर्गम भेगबाट सदरमुकाम पुग्न सहज भएको छ । बेलका नगरपालिकाको कोठुघाटबाट सदरमुकाम आउन पहिले करिब ४ घण्टाको यात्रा बसमा गर्नु पर्दथ्यो । ट्य्राक खोलिएको ढुङ्गैढुङ्गा भएको सडकबाट यात्रा गर्नु पर्दा स्थानीयले निकै सास्ती भोग्नु पर्दथ्यो । तर अहिले कोठूघाटबाट सदरमुकाम पुग्न एक घण्टामात्र लाग्दछ ।

यस्तै उदयपुरको पश्चिमी सीमा कटारी बजारबाट सदरमुकाम गाईघाट आउनका लागि करिब ५ घण्टा लाग्दथ्यो । कटारीबाट सिराहाको मिर्चैया बजार, गोलबजार, लाहान हुँदै गाईघाट पुग्नुपर्ने बाध्यता थियो । तर अहिले मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाट पुग्न १ घण्टामात्र लाग्दछ ।

कटारी ४ कटारी बजारका भीम बहादुर पौडेलका अनुसार पहिले कुनै काम विशेषले सदरमुकाम जानुपर्दा कटारीबाट गाईघाट पुग्दा नै समय सकिन्थ्यो । कार्यालयको काम सकेर घर फर्कन भ्याइन्नथ्यो । बाध्यताले होटलमा बास बस्नुपर्ने अवस्था थियो । सबैको आआफ्नो घर वा आफन्त नातेदारको घर नहुने भएकोले होटलमा खर्च गरेर बस्नु पर्दथ्यो । तर अहिले घरबाट बिहानको खाना खाएर सदरमुकाम पुगेर सरकारी कार्यालयको वा अन्य काम सकेर साँझ बास बस्न घर फर्कन सकिन्छ ।

उदयपुरगढी ६ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीले मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको र सडक यातायातका कारण कृषि उपज तरकारी फलफुल सडक किनारामा राखेर व्यापार गर्न पाएको, होटल तथा पर्यटन व्यवसाय फस्टाएको, जनचेतना अभिवृद्धि भएको, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि सुधार हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आएको बताए ।

मदन भण्डारी लोकमार्गसँग नजोडिएको उदयपुरगढी ८ का वडाध्यक्ष थिर बहादुर राउतका अनुसार लोकमार्ग संचालनमा आएपछि यस क्षेत्रको जग्गाको मुल्यवृद्धि भएको छ । निजी क्षेत्रका विद्यालय संचालनमा विद्यार्थीकोलागि बस सञ्चालनमा सहयोग पुगेको छ । उनले स्थानीय जनताको कृषि उत्पादन बजारसम्म पुग्न सकेको हुँदा यसले समग्रमा पालिकाको आर्थिक समृद्धिमा र आत्म निर्भरतामा मद्दत पुगेको बताए ।

यसैगरी बेलका नगरपालका वडा नं ९ का वडाध्यक्ष भरत घिमिरेका अनुसार सडक पुल तथा अन्य पूर्वाधारहरु निर्माण भएपछि भोजपुर, खोटाङ। सोलुखुम्बु लगायतका जिल्लाबाट बसाई सरी आउनेको संख्या बढेको, स्थानीय कृषि उत्पादनमा वृद्धि भै बजारीकरणमा सहयोग पुगेको छ । कृषि क्षेत्र लाई प्राथमिकताका साथ अघि बढाइएको हुँदा केही आर्थिक स्थितिमा पनि सुधार भएको छ । मुख्य रुपमा एग्रो टुरिज्मतिर स्थानीयको बढी ध्यान गएको छ भने, पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको, कोशीटप्पु, पहाडी दृश्य अवलोकन गर्न आउनेहरु बढ्दै गएकोले मदन भण्डारी लोकमार्गका कारण बेलका नपाका केही क्षेत्रहरु पर्यटनको गन्तव्य बन्दै गएको उनले बताए ।

कटारी नगरपालिका वडा नं ७ को रिस्कु मदन भण्डारी लोकमार्गले छुँदैन। लोकमार्गले नछोए पनि सो गाउँका मानिसहरुलाई ठूलो राहत भएको वडाध्यक्ष सुविन ढुङ्गानाले बताए । उनले मदन भण्डारी लोकमार्गका कारण गाउँमा अटो, जीप, कार, बस तथा अन्य सवारी साधनहरु पुग्न थालेका छन्। रातबिरात बिरामीलाई उपचारमा लैजान, महिलाबालबालिका सुत्केरीको उपचारमा सहज भएको छ । पहिले कटारीबाट मिर्चैया हुँदै जनकपुर, बिराटनगर, धरान, काठमाण्डौ जानु पर्ने बाध्यता थियो भने अहिले मदन भण्डारी लोकमार्गका कारण सहज भएको बताए ।

यस विषयमा चौदण्डीगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष अम्बर बहादुर खड्काले मदन भण्डारी लोकमार्गले चौदण्डीगढी नपाको आर्थिक समृद्धिमा ठूलो मद्दत गरेको बताए । उनले सोलुखुम्बु, खोटाङ र ओखलढसङ्गा बाहेकका पूर्वका ११ जिल्लाका सवारी साधनको काठमाण्डौ जाने मुख्य सडकका रुपमा मदन भण्डारी लोकमार्ग रहेको जानकारी दिंदै यो सडक निर्माण गरेर संचालनमा आएपछि गाउँहरू बजारमा परिवर्तन हुँदै गएको, हजारौले रोजगारी पाएको अवस्था रहेको बताए ।

कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार मदन भण्डारी लोकमार्गले उदयपुरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कटारी नगरपालिकाको विकासमा सडक यातायात मात्र नभएर व्यापार व्यवसाय, जग्गा प्लटिङ, उद्योग कलकारखाना स्थापना, कृषि उत्पादन, स्थानीय रोजगारी वृद्धि, पर्यटन व्यवसाय, होटल संचालन लगायतका धेरै विषयमा मदन भण्डारी लोकमार्गले सहयोग गर्नुका साथै नगरपालिका र पालिकाका जनताको आयआर्जन कार्यक्रममा वृद्धि भएको मेयर श्रेष्ठको भनाई रहेको छ ।

मेयर श्रेष्ठले पहिलेको दुःख कष्ट सम्झदा अहिले हामी निकै सुविधा भोगि रहेका छौ । यातायातका क्षेत्रमा पनि ठूलो प्रगति भएको छ । यातायात व्यवसायीहरु र सवारी साधनहरु बढेका छन । मदन भण्डारी लोकमार्ग स्थानीय सडक सञ्जालसँग जोडिएपछि यात्राको दुरी छोट्याएको छ । दिनभरी यात्रा गर्नु पर्ने ठाउँमा आधाघण्टामै पुग्न सकिने अवस्था आएको छ । गाउँहरु बजारमा परिणत हुँदै गएको अवस्था छ । राज्यबाट पाउनु पर्ने सेवा सुविधा स्थानीयले पाउँदै गएका छन् । समग्रमा भन्नु पर्दा मदन भण्डारी लोकमार्गले उदयपुरको आर्थिक विकासमा ठूलो मद्दत गरेको बताए ।

चौदण्डीगढी नगरपालिका वडा नं ४ का वडाध्यक्ष लुङ्गराज राईले विकासको पहिलो खुड्किलो नै सडक पूर्वाधार भएकोले मदन भण्डारी लोकमार्गले चौदण्डीगढी ४ का जनतालाई विकास निर्माण, आयआर्जन, कृषि उत्पादन, व्यापार व्यवसायमा स्वर्णिम अवसर प्राप्त भएकोले व्यवसायिक भवन बनाएर व्यवसाय संचालन गर्ने कार्य भैरहेको बताए ।

उनले मदन भण्डारी लोकमार्गका कारण कृषि क्षेत्रमा लगानी गर्नहरुको संख्या बढेको छ । पशुपालन, तरकारी तथा फलफुल खेती, नगदबाली लगायतका क्षेत्रमा स्थानीयले ध्यान दिएर लगानी गर्ने अवसर पाएको र यो अवसरलाई सदुपयोग गरेर आर्थिक समृद्धिमा विशेष योगदान हुने अपेक्षा गरिएको बताए ।

त्रियुगा नगरपालिका वडा नं १३ का वडाध्यक्ष नवीन कुमार चौधरीले मदन भण्डारी लोकमार्गले त्रियुगा नगरपालिकाको वडा नं १३, १२, ११, १०,९, ८ र ७ लाई छौएको छ । सडक संचालनमा आएपछि स्थानीयलाई बेफाइदा पनि भएको र फाइदा पनि भएको बताए । बेफाइदामा सडक निर्माण गर्दा घुमाउरो, मोड राखेर गरेकोले दूर्घटना बढेकोले धेरै मानिसको ज्यान जानुका साथै धेरै घाइते भएका छन भने कतिपय अङ्गभङ्ग भएर बसेको उनले बताए ।

त्रियुगा नगरपालिका वडा नं ७ का वडाध्यक्ष अमरबहादुर दनुवारले मदन भण्डारी लोकमार्ग सञ्चालनले स्थानीय जनता खुसी भए पनि सडकसीमा प्रति भने असन्तुष्टि रहेको बताए । त्रियुगाको वडा नं ०७ र रौतामाईको पनि ७ नं वडा कतिपयको जग्गा सबै सडकमा जाने भएकोले समस्या भएको र जग्गा बिक्री गर्न नगरपालिकाले रोक लगाउँदा मदन भण्डारी लोकमार्गका कारण कतिपयका लागि पीडा भएको छ । वर्षभरि भातखाने खेत नै सडकमा परेपछि बिक्री गर्न नपाउने अवस्था आएको वडाध्यक्ष दनुवारले बताए ।

 

 

 

Tags: मदन भण्डारी राजमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.