धरान : जनपक्षीय पत्रकार सहिद कृष्णसेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, सुनसरीले सम्मान गरेको छ ।
धरानस्थित पार्टी कार्यालयमा स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रबाट विजयी हुने जनप्रतिनिधि तथा पत्रिका वितरकहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर अमइन्द्रविक्रम बेघा, वडा नम्बर १७ का वडाध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईसहितको प्यानल र धरान ३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई सम्मान गरिएको हो ।
यस्तै, धरानमा रहेर बिगत ३३ वर्षदेखि निरन्तर रूपमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरू वितरण गर्दै आएका ७१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरियो ।
सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य किरणकुमार राई, अग्रज पत्रकार भवानी बराल, बिश्लेषक राजेन्द्र किराँती प्रेस सेन्टरका केन्द्रीय सदस्य राजन केडी, सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्की सम्मान गरे ।














Discussion about this post