इटहरी : प्रदेश १ का तीन पालिकाले एकसातामा दुई दिन बिदा दिने निर्णयको अवज्ञा गरेका छन् ।
शनिबार र आइतबार विदा दिने सरकारको निर्णयलाई अवज्ञा गरेका हुन् ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका, इलामका देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले आइतबारको बिदा हटाएका हुन् ।
इलामको देउमाई र फाकफोकथुमका जनप्रतिनिधिले जिम्मेवारी सम्हाले लगत्तै आइतबार बिदा नदिने निर्णय गरे ।
यस्तै, ताप्लेजुङको पाथीभरा याङवरकले पनि शनिबार मात्रै बिदा दिने निर्णय गरेको छ ।












Discussion about this post