इटहरी : दसैँको अवसर पारेर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता, डीएसपी राजकुमार राईले कैदीबन्दीलाई टीका लगाइदिएका छन् ।
डीएसपी राईले बुधबार (आज) विजयादशमीको अवसरकाबीच एक कार्यक्रमको आयोजना गरी २४ जना कैदीबन्दीलाई दसैँको टीका र जमरा लगाइदिएका हुन् ।
विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उनले टीका र जमरा लगाइदिएका हुन् ।
“दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टीका र जमरा लगाइदिएको हुँ”, उनले भने ।














Discussion about this post