Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा तेस्रो लिङ्गीहरूको यौनजन्य गतिविधि रोक्न मेयर पौडेलसहित सर्वसाधारण सडकमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०७९
in समाचार
0
इटहरीमा तेस्रो लिङ्गीहरूको यौनजन्य गतिविधि रोक्न मेयर पौडेलसहित सर्वसाधारण सडकमा
214
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको मुख्य चौक आसपास तेस्रो लिङ्गीहरूको यौनजन्य गतिविधि रोक्न इटहरीका मेयर हेमकर्ण पौडेलसहित सर्वसाधारण रातको समयमा सडकमा निस्किएका छन् ।

सामाजिक विकृति रोक्न मेयर पौडेलसहित सर्वसाधारणले मंगलबार राति सडकमा निस्किएका हुन् ।

रातको समयमा तेस्रो लिङ्गीहरुले इटहरीको पश्चिम लाइनमा अश्लीलता देखाएको भन्दै इटहरीका मेयर पौडेल प्रहरी प्रशासन लिएर आफैँ सडकमा पुगेका थिए ।

पछिल्लो समय पोखरा, काठमाडौं लगायतका सहरहरूबाट तेस्रो लिङ्गीहरू इटहरी आउने र यौनधन्दा गरेर अपराध बढेकाले सभ्य समाज निर्माण गराउन लागि पर्ने मेयर पौडेलको भनाइ छ ।

रातको समयमा सडकमा सवारीसाधनमा आवतजावत गर्नेहरूमाथि तेस्रो लिङ्गीले दुःख दिएको गुनासा आएपछि आफूहरू सचेत भएको उनले बताए ।

तेस्रो लिङ्गीहरूले रातको समयमा अश्लीलता प्रकट गरेर सताएका थुप्रै मौखिक गुनासा आइरहेका बेला केहीलाई पक्राउ गरेर एक रात राखिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

‘रातको समयमा अवैध धन्दासँगै आपराधिक घटना बढेकाले पनि प्रहरी सचेत छ,’ खड्काले भने ।

इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले सहरमा विकृति फैल्याएको भन्दै तेस्रो लिङ्गीहरूलाई अनैतिक काम नगर्न चेतावनी दिएको बताए ।
नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले इटहरीमा बाहिरबाट तेस्रो लिङ्गीहरू आएर यौनजन्य गतिविधि गरेकाले त्यसतर्फ सचेन हुनुपर्ने बताएका थिए ।

मेयर हेमकर्ण पौडेलका स्वकीय सचिव विक्रम घिमिरेले भने ‘मुख्य चोकमै हुने नकारात्मक गतिविधिबारे नगर प्रमुखले कडा कदम चाल्नुहुनेछ, सोही अभियान अन्तर्गत आज पहिलो दिन हो ।’

सडक आसपासमा बस्दै आएकाहरूलाई उद्दार गर्ने अभियान निरन्तर चल्ने र उनीहरूमाथि निगरानी बढाइने उनले बताए ।

यसैबीच सोमबार राति इटहरी आसपासका सडक आश्रित १३ जनाको उद्वार गरिएको थियो । मानसिक सन्तुलन गुमाएका तथा आफन्त नभएकाहरूलाई उद्वार गर्न इटहरी उपमहानगरले अभियान चलाएको बताइएको छ ।

मेयरले दिए अलपत्र परेकालाई घरसम्म पुग्ने खर्च

मध्यरातमा खर्चको कारण इटहरी आसपासमा अलपत्र परेकाहरूलाई इटहरीका मेयर हेमकर्ण पौडेलले घर पुग्ने सम्मको व्यवस्था गरिदिएका छन् ।

मंगलबार राति आर्थिक अभावको कारण इटहरीको सडक पेटीमा भेटिएका सविन धिमाललाई एक रात इटहरीमा खान बस्नसहित घर पुग्ने व्यक्तिगत खर्च मेयर पौडेलले दिएका हुन् ।

आफू आर्थिक अवस्थाको कारण समस्यामा परेको बेला आफूलाई खर्च दिएको भन्दै धिमालले मेयर पौडेलको प्रशंसा समेत गरे ।

Tags: #इटहरीतेस्रो लिङ्गीहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले १५.९७ ग्राम ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बिक्री–वितरण भइरहेको...

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण
कला साहित्य

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : विश्व आदर्श एकेडेमीअन्तर्गतको साहित्य संस्था ‘विश्व आदर्श साहित्य संघ’का पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत...

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.