Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

म आफैँसँग नहारूँ (कविता )

पदमबहादुर गाैतम by पदमबहादुर गाैतम
अशोज १, २०८३
in FEATURE BREAKING, कला साहित्य, मनाेरञ्जन
0
म आफैँसँग नहारूँ (कविता )
53
SHARES
Share on FacebookShare on Twitter

म नढलूँ !
जब म हारेको हुन्छु,
जराहरू अझ गहिरो बनाऊँ—
झरेका पातहरूलाई माटो हुन दिऊँ,
त्यही हारकै मलबाट
फेरि नयाँ सपना उमार्न सकूँ।

म नभागूँ !
जब समय मेरो विरुद्ध हुन्छ,
बरु चुपचाप उभिइरहूँ—
आँधीले सबै उडाए पनि
कहिल्यै नडगमगाउने
त्यो पहाडझैँ अटल बनूँ।

म नटुटूँ !
जब आकाशले
मेरो छानोमाथि
सबै विपत्तिहरू खसाल्छ—
मभित्रको एउटा सानो दीप
अझै निभ्न नदिऊँ,
जसको क्षीण उज्यालो समातेर
भत्किएका रातहरू पार गरूँ,
र उज्यालो हुन बाँकी
एउटा बिहानसम्म पुगूँ ।

म नरोऊँ!
जब आँखाभरि बादल हुन्छ,
चेतनाको धरतीमा
ती आँसुहरू बर्साउन सकूँ—
जहाँ वर्षौँदेखि निदाएको कुनै बीउ
खडेरीको चिरा चिरेर जागोस्,
र त्यही चिराबाट
फेरि अर्को नयाँ
‘म’ जन्माउन सकूँ।

मलाई सधैँ जित्नु छैन
बस्,
सबैले छोडेको दिन पनि
म आफैँलाई नछोडूँ ।
म आफैंमा उभिऊँ ।
र,
जीवनले जति नै हराओस्,
म आफैँसँग नहारूँ !

पदमबहादुर गाैतमकाे अर्काे  याे पनि कविता  : प्रकृतिको ताण्डव (कविता)

Tags: कवितापदमबहादुर गाैतम
पदमबहादुर गाैतम

पदमबहादुर गाैतम

Related Posts

FEATURE BREAKING

अब गाउँमा बाँकी को छन् ?

by पदमबहादुर गाैतम
अशोज १, २०८३
0

कुनै समय भालेको डाको सँगसँगै बिउँझिन्थ्यो गाउँ । मिरमिरेमै धुवाउँन थाल्थ्यो चुल्हो । घाम ब्यूँझनुअघि नै पधेँराको पानी आइपुग्थ्यो घरसम्म...

FEATURE BREAKING

‘विशेष पुस्ता’को भ्रममा जेनजी

by पदमबहादुर गाैतम
अशोज १, २०८३
0

जेनजी आन्दोलनले राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा परिवर्तनको बहस सिर्जना गरे पनि त्यसपछिको अपेक्षा र वास्तविकताबीचको दूरीले युवापुस्तामै निराशा बढाउन...

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन