इटहरी : सुनसरीमा तरकारी लोड गरिएको गाडीमा दुई सय १७ किलो गाँजा बरामद भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका ३ मा बन्दाकोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले दुई सय १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
धनकुटाबाट भारतको जनकपुरतर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं नेतृत्वको टोलीले पिकअप खानतलासी गर्दा गाँजा बरामद भएको हो ।
८ वटा बोराभित्र प्याक गरिएको गाँजा माथिबाट बन्दाकोभीले छोपेर लैजाँदै गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post