सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो । को ३७ प ३२०९ नम्बरको मोटरसाइकलले आज (बिहीबार) बिहान बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका ११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।














Discussion about this post