सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी ६ का जोसन लिम्बु रहेका छन् ।
खोर्साने–केराबारी सडक खण्डमा को ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका लिम्बूको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post