सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश नम्बर १–०२–०४६ प २०१ नम्बरको मोटरसाइकल आफैँ अन्यन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरहरैँचा ३ का ३७ वर्षीय सबिन पोखरेलको आर्य न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post