Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

आमाको हत्यापछि आत्महत्या गरेका जीवन प्रहरी हिरासतबाट निस्किएका थिए, यस्तो छ रहस्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०७७
in विविध, समाचार
0
बेलबारीमा आमाको हत्यापछि आफ्नै शरीरमा चक्कु प्रहार गरी आत्महत्या
1.6k
SHARES
Share on FacebookShare on Twitter

बिहीबार मोरङको बेलबारीमा आमाको हत्यापछि छोरा आफैले आत्महत्या गरेको घटनाले सबैलाई स्तब्ध बनायो ।

खाना खाने क्रममा बिहान बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले जन्मदिने ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।

आमाको हत्यापछि उनले निकै बीभत्स रूपमा हँसिया र छुराले घाटी रेट्नुको साथै छातीमा धेरै पटक रोपेर आफैलाई हत्या गरेका थिए । उनको उपचारको क्रममा बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।

आमाको हत्यापछि जीवनले सुरुमा घर नजिकै घाँस काट्दै गरेकी महिलाको हसिया खोसेर छातीमा रोप्ने काट्ने गरे । पछि फेरी उनले छिमेकीको घर भित्रबाट तरकारी काट्ने छुरा ल्याइ आफ्नो गला रेटेका थिए ।
त्यही छुराले छातीमा पनि उनले रोपेका थिए ।

यस्तो बीभत्स दृश्य हेरिरहेका एक स्थानीय भन्छन् स् ‘जीवनले आफ्नो गला काटेर भित्रको नशा हातले तानेका थिए । जस कारण उनको गलाबाट रगतको भल निस्किएको थियो । उनले ६ पटक सम्म छुराले आफ्नो गला रेटे’ ।

‘हामीले उनलाई रोक्न धेरै प्रयास गरौँ, तर रोक्न जानेलाई नै छुरा प्रहार गर्न थालेपछि सबै रमिते भयौ’ । ‘मलाई बचाउनु पदैन’ भन्दै ती भाईले आधा घण्टासम्म कसैलाई नजिक पर्न दिएनन् ।

यो पनि – बेलबारीमा आमाको हत्यापछि आफ्नै शरीरमा चक्कु प्रहार गरी आत्महत्या

‘यस्तो बीभत्स दृश्य मैले अहिलेसम्म देखेको थिइन्’ उनले भने ‘सायद आमा मारेको पछुतोमा उनले आफैलाई हत्या गरे’ ।

पछि इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीकै भ्यानमा अस्पताल पुराएको थियो ।

यस्तो छ कारण

लामो समयदेखि प्राय नशामा रहने जीवन बहिनिको विवाह भएपछि घरमा आमा छोरा मात्र बस्थे । घटना भएको अघिल्लो रात जीवन इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए ।

बुधवार साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो । बिहीबार बिहान जनप्रतिनिधि र केही छिमेकीको रोहबरमा उनलाई छाडिएको थियो ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरी ल्याइएका जीवनले रातभर हिरासतमा कराउने र आफ्नै टाउको भित्तामा बजार्ने कार्य गरेका थिए । प्रहरीले उनलाई हिरासतमा राख्न नसकिने भनेपछि ४ नं। वडाका वडाध्यक्ष रामकुमार राईलाई जानकारी गराइ छाडिएको थियो ।

तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेको वडाध्यक्ष राईले बताए ।

‘बुधवार राती आमासँग विवाद हुँदा जीवनले खाटमा आगो लगाइदिएछन्, तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई राती नै प्रहरी कार्यालय लगिएको थियो’ उनले भने ‘तर जीवन बाहिर आएको केही घण्टामै यस्तो घटना हुन पुग्यो’ । जीवन गाउँघरमा प्राय नशामा मात्र देखिन्थे, उनको घरमा प्राय आमासँग विवाद भइरहन्थ्यो ।

बुधवार प्रहरी हिरासतमा बसेको विषयमा बिहान आमासँग विवाद हुँदा यस्तो घटना भएको वडाध्यक्ष राईको अनुमान छ ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका सई नारायण कुमार योगीले जीवनलाई बुधवार आफ्नै घर तोडफोड र आगजनी गरेको अभियोगमा पक्राउ गरी एक रात राखेर बिहान छाडेको बताए ।

‘घर तोडफोड गरेको भनेर स्थानीयले हामीलाई खबर गरेका थिए, हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेका थियौ’ उनले भने ‘रातभर हिरासत भित्र होहल्ला गरेपछि बिहान सम्झाई बुझाई छाडेका हौ ।

अपराध न्यूजबाट

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद
विविध

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

by मनाेज अधिकारी
अशोज ६, २०८३
0

इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
FEATURE BREAKING

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

by रासस
अशोज ५, २०८३
0

सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

अशोज ६, २०८३
पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    309 shares
    Share 124 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.