इटहरी : शिक्षकहरू आन्दोलनमा गएपछि कोसी प्रदेशका ५ हजार ३ सय ९३ विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।
शिक्षकहरू आन्दोलनमा उत्रिएपछि प्रदेशका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो ।
आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन ।
आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा गए पनि हाजिरी गरेका छैनन् ।
उनीहरूले सादा कापीमा उपस्थिति गरेका छन् । शिक्षकहरूको आन्दोलन र विद्यालय बन्दको हल्लाले गर्दा विद्यार्थीहरू समेत नआएको विद्यालय व्यवस्थापन समितिहरूले बताएका छन् ।
मन्त्रालयका अनुसार प्रदेशमा ५ हजार ३९३ वटा सामुदायिक विद्यालय छन् । कोसी प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी १६ हजार ६५७ र राहत अनुदान शिक्षकको सङ्ख्या ३ हजार ८ सय ४० रहेको छ ।














Discussion about this post