इटहरी : सुनसरीबाट आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (मंगलबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार केहीदिन पहिले मधेस प्रदेशको जनकपुरमा एक कार्यक्रमबीच आचार्यले हिंसात्मक अभिव्यक्ति दिएका थिए ।
सोही कारण उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको ।
“आज दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले टाकुरा न्यूजसँग भने, “पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।”













Discussion about this post