इटहरी : आज बालाचतुर्दशी । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालय मन्दिरहरूमा शतबीज छरिन्छ ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार (आज) बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिवालय मन्दिर पुग्ने गरेका छन् ।
शतबीजमा धान, जौ, तिल, गहुँ चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।







![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post