Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २५, २०८०
in भिजिट नेपाल, विविध, समाचार
0
मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
89
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरू, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो ।

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने उहाँको भनाइ थियो ।

“मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेका छौँ । यहाँको प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको छ ।”

यहाँ किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरूले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन् ।

यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा परिचित छ । उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे,म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो ।

करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ । किरात राईको संस्कृति झल्कने (चिण्डो आकार) का १५ वटा पोखरी निर्माण गरिएको छ ।

पर्यटनलाई माथि उकास्न आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ । तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

पर्यटकको आवमगन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र  घुम्न  आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगतरुपमा अनुगमन गरिएको उहाँको भनाइ थियो ।

“गाउँपालिकाले पर्यटकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ । तीन महिनाको अवधिमा एक लाख पर्यटक भित्रिएका छन्,” अध्यक्ष बस्नेतले भन्नुभयो, “पदमार्गमा आउने पर्यटकको सङ्ख्या बढेसँगै हामीले यहाँको व्यवस्थापनमा ध्यान दिएका छौँ । गाउँपालिकाले सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ ।”

अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास (होमस्टे)लाई व्यवस्थित गर्ने, पानीको व्यवस्थापन गर्नेलगायत काम गरिने अध्यक्षको भनाइ थियो । बढी मात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने गरेको सावा घरबास (होमस्टे) हाँस पोखरीका सञ्चालक याङमीयाङ राईले बताउनुभयो ।

प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालजस्तो र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।

मुन्दुम पदमार्ग राम्रो पर्यटकीय गन्तव्य रहेकाले यसले गाउँपालिको आर्थिक विकासमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । घुम्न आउने पर्यटकको सहज यात्राका लागि गाउँपालिकासँगै सबै पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“यो पदमार्ग प्राकृतिक हिसाबले निकै सुन्दर छ”, प्रजिअ घिमिरेले भन्नुभयो, “पर्यटकको आवागमन बढेकाले उनीहरूको सुरक्षा र सहज आवतजावतका लागि ध्यान दिन आवश्यक छ । स्थलगत अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने काम पनि देखिएको छ । हामीले आउने पाहुनाहरूको सहज यात्राका लागि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आउने पर्यटकहरूलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँको भनाइ थियो ।

यो केन्द्रबाट पर्यटकलाई पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थानहरू, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरूको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो ।

“पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्ने हाम्रो लक्ष्य छ । यहाँबाट पर्यटकलाई सहज र आनन्ददायी यात्राको लागि टेवा पुग्छ । पदमार्गको थप विकासको लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ ।”

Tags: #पर्यटन#भिजिट नेपाल#भोजपुर#राससमुन्दुम पदमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    363 shares
    Share 145 Tweet 91
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.