Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बसोबासका लागि रोजाइको सहर बन्दै इटहरी, पूर्वाधार विस्तारले थप आकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १३, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप
219
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सडक मार्गका हिसाबले हेर्ने हो भने, इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व, पश्चिम र उत्तर, दक्षिण जान्छन् ।

२०३० सालतिर पूर्व पश्चिम सडकखण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो । यसअघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो । इटहरी उपमहानगरमै पर्ने पकली पहिला गुल्जार थियो ।

तर पूर्व–पश्चिम सडकखण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको संख्या बढ्दै गएको छ ।

इटहरी उपमहानगरपालिको तथ्याङ्कअनुसार इटहरीमा वर्सेनि २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसंख्या पनि बढिरहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसंख्या १ लाख ९८ हजार ९८ जनसंख्या छ ।
२०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धूरी थिए । इटहरीको जनसंख्या ६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो ।

यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको संख्या झन्डै ३ लाख रहेको अनुमान छ ।

यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधिक छ । बसाइँ सरेर इटहरीमै आउनेको संख्या बढ्नु भनेको इटहरी आम मानिसको रोजाइको सहर बनेको बताउँछन्, इटहरीका मेयर हेमकर्ण पौडेल ।

इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम सुरु भएको उनले बताए । उनले भने, ‘पूर्वाधार विकासको विस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्त स्थलको रूपमा मानिसहरूले लिने गरेका छन् । यो काममा उपमहानगर अझै लाग्ने छ ।’

इटहरीको बसाइँ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी बताउँछन् । पहाडबाट तराई बसाइँ सरेर झर्नेहरू इटहरीमा रोकिए । विराटनगर लगायतका सहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन् ।

उनले भने, ‘मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाइँ सराइको चाप बढेर गयो ।’

इटहरीमा ३० को दशकमा पूर्व–पश्चिम सडक बनेसँगै बसाइँ सरेर आउने क्रम सुरु भइसकेको थियो । २०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरानबाट पनि सुरक्षित बसाइकालागि मानिसहरू इटहरी झरेको जानकारहरू बताउँछन् ।

घर मात्रै बनेनन्, व्यापार पनि बढ्यो

इटहरीमा घर मात्रै बनेका छैनन् । ठूलठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन् । कोसी प्रदेशमै पहिलो पटक डिपार्टमेन्ट कल्चर इटहरीबाट सुरु भएको मानिन्छ ।

इटहरी पछिल्लो समय रेडिमेट व्यवसायको हबको रूपमा विकास भइरहेको छ । यहाँ होलसेल व्यापार हुन्छ । कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ । धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ ।

नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको हो । नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४ वटा गाबिसहरू गाभिएका छन् ।

देशलाई जोड्ने यातायात सञ्जालसँग इटहरीमा होटेल व्यवसाय समेत फस्टाएको छ । इटहरीमा अहिले पाँचतारे होटेलसमेत खुलेको छ  ।
तेह्रथुमबाट इटहरीमा बसाइँ सरेर आएका राधाकृष्ण घिमिरे भन्छन्, ‘भौतिक पूर्वाधारको विकास पनि भइरहेको छ । सुरक्षाको अवस्था पनि राम्रो छ । बस्नका लागि इटहरी राम्रो लागेको छ ।’

उनका अनुसार शिक्षा स्वास्थ्यजस्ता कुराले पनि इटहरी उपयुक्त स्थलको रूपमा विकास हुँदै आएको छ । सडक सञ्जालका हिसाबले सजिलो मात्रै नभइ इटहरी चौतर्फीको केन्द्र बनेको बताउँछन् धनकुटाबाट बसाइँ सरेर आएका पदमलाल गिरी ।

सुरक्षामा मजबुत इटहरी

इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ । यस्तै इटहरीमै सशस्त्र प्रहरीको बराह बाहिनी पनि छ ।

इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरू इटहरीलाई बसोबासको उपयुक्त स्थलको रूपमा लिने गरेका छन् ।

यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ ।

इटहरीका चोक चोकमा सीसी क्यामरा जडान गरिएको छ । यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

उनले स्थानीय र उपमहानगरसँग मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताए । उनकाअनुसार अहिले इटहरी उपमहानगरको मुख्य चोकमा सीसी क्यामराबाट अनुगमन गर्ने काम भएको स्थानीय तहसँगको समन्वयमा सीसी क्यामरा राखेको छ । सीसी क्यामराका कारण अपराध अनुसन्धानमा सहज भएको छ ।

पूर्वाधार विस्तारले आकर्षण

इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउन सुरु भइसकेको उपमहानगरले जनाएको छ । यसअघि ढल निकासमा सन्तोषजनक काम नभएपनि अहिले यसलाई तीव्रता दिइएको उपमहानगरको दाबी छ ।

वर्षौँदेखि अल्झिएको कोसी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा रहेको छ । फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । इटहरी भएर बग्ने टेङ्ग्रा र सेरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास अझै कायमै छ ।

स्वास्थ्य र शिक्षा उपमहानगरको प्राथमिकता

इटहरीले विभिन्न कोणबाट आफूलाई चिनाउने प्रयास गरिरहेपनि सार्थक हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता नगरबासीलाई छ ।

यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम सुरु भएको उपमहानगरपालिकाको दाबी छ । खासगरी मधेस आन्दोलनपछि इटहरीमा जनघनत्व बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो ।

सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाएर विस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो । यही चुनौतीलाई अवसरको रूपमा बदल्न मुख्य चौक क्षेत्रमा आकासे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

भिडियो

 

– ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    937 shares
    Share 375 Tweet 234
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    753 shares
    Share 301 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.