Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका राजु : जसको विदेशमै गुम्यो ज्यान, डेढ महिनाअघि मात्रै भएको थियो विवाह…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीका राजु : जसको विदेशमै गुम्यो ज्यान, डेढ महिनाअघि मात्रै भएको थियो विवाह…

मृतक राजु भारती ।

2.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका १९ भवानीपुरका २९ वर्षीय राजु भारतीको दुबईमा ज्यान गुमेको छ ।

घर खर्च चलाउन र कमाइ गर्नका लागि विदेश गएका भारतीले उतै ज्यान गुमाउनुपर्दा इटहरी १९ का स्थानीयबासी भावविह्ल बनेका छन् ।

डेढ महिनाअघि मात्रै विवाह गरेर विदेश गएका उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही पैसा कमाउने, बचत गर्ने र घर खर्च चलाउने सपना बोकेर विदेशिएका उनको उतै मृत्यु भएपछि परिवार, आफन्तजनसँगै स्थानीयबासीसमेत शोकमा परेका छन् । भारतीको शव शनिबार घरमा ल्याएर आइतबार (आज) इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।

‘वैशाख ६ गते (अप्रिल १८ तारिक)मा मृत्यु भएको रहेछ । त्यसको चार दिनपछि मात्रै परिवारलाई थाहा भयो,’ राजुका छिमेकी सन्तोष पौडेलले टाकुरा न्यूजसँग भने, ‘हामीलाई थाहा भएको चार दिनमै शव नेपाल ल्याइयो । दुबईमै रहेका दिवश चापागाईँको सहायताबाट शव ल्याएका हौँ ।’

परिवारलाई थाहा भएको चार दिनमै शव नेपाल ल्याइएको र आइतबार अन्त्यष्टि गरिएको पौडेलले बताए । उनका अनुसार चापाईँले अहिले ‘समर्पण राष्ट्रको लागि’ भन्ने अभियान नै चलाएर विदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने तथा निधन भएकाहरूलाई पनि चाँडै शव नेपाल पठाउनका निम्ति काम गरिरहेका छन् ।

भारतीको हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि निधन भएको पत्र प्राप्त भएको पौडेलले बताए । मृतक भारती करिब पाँच वर्षअघि दुबई गएका थिए भने केही महिनाअघि मात्रै कम्पनी परिवर्तन गरी काम गर्दै आएका थिए ।

केही समयअघि मात्रै नेपाल आएका उनको डेढ महिनाअघि काठमाडौँ घर भएकी सुमित्रा खत्रीसँग विवाह भएको थियो । विवाह गरेर करिब एक महिनाअघि मात्रै विदेश गएका उनको उतै निधन हुँदा आफूहरू भावविह्ल भएको पौडेलले सुनाए ।

‘उहाँ डेढ महिनाअघि मात्रै विवाह गरेर जानु भएको थियो । कति सपनाहरू थिए होलान्,’ रोदनमिश्रित भावमा उनले भने, ‘यो घटनाले समग्र इटहरी नै शोकमा परेको छ । अन्त्यष्टि गरिसकिएपनि अझै पत्यार लागेको छैन ।’

सुनसरीकै रामधुनी नगरपालिका ७ घर भएका दिवशसहितको टिमले निस्वार्थ भाव राखेका कारण भारतीको शव चाँडै आएकोसमेत उनले बताए ।

केही पैसा कमाउने, केही बचत गर्ने र घरको ऋणपान तिर्ने उदेश्यसहित विदेशिएका आफ्ना छोरा गुमाउँदा निःशब्द देखिन्थे, मृतकका बुबा चक्रबहादुर भारती ।

आफूलाई बुढ्यौली हुँदा रेखदेख गर्ने छोरा गुमेपछि असहायजस्तै भएको उनको आँखाले बताइरहेको थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    937 shares
    Share 375 Tweet 234
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    753 shares
    Share 301 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.